पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
आइतबार, चैत ६, २०७८
मदानेका खरका झुपडीमा जस्तापाता टलक्क
आइतबार, चैत ६, २०७८
गुल्मीको मदाने गाउँपालिका भित्र रहेका खरका झुपडीहरू अहिले जस्तापाताले टल्किएका छन् । गाउँसरकारले खरका झुपडी भएका विपन्न घरधुरीलाई टिनका जस्तापाता वितरण गरेसँगै गाउँ जस्तापाताले टल्किएका छन् । पालिकाले ७ सय २९ वटा फुसका घरलाई जस्तापाता दिएर गाउँपालिकालाई फुसरहित गाउँपालिका घोषणा गरेको छ । अहिले यस क्षेत्रका सबै खरका झुपडीहरू जस्तापाता...
तानसेन बहुमुखीका विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण
शनिबार, चैत ५, २०७८
मुक्तिनाथ विकास बैक पाल्पा शाखाले विद्यार्थीहरुलाई आर्थिक कारोवारका विषयमा प्रशिक्षण दिएको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बैंकले पैसा लगानी, बचत, बैकसँग पैसाको कारोवार, बचत तथा ऋण, व्यवसायमा बैंकको सहयोग तथा लगानीका विषयमा प्रशिक्षण दिएको हो ।
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम
शनिबार, चैत ५, २०७८
सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
शुक्रबार, चैत ४, २०७८
झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।
प्रजातन्त्रवादी प्राध्यापक संघ रेसुङ्गाको सभापतिमा भण्डारी
शुक्रबार, चैत ४, २०७८
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल रेसुङ्गा बहुमुखी एकाइ समिति गुल्मीको सभापतिमा मुकुन्दप्रसाद भण्डारी निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण
सोमबार, फागुन ३०, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले वडा नं १, २ र ३ भित्रका शिक्षकहरुलाई तीन दिने प्रविधि प्रयोग सम्बन्धी कार्यशालामार्फत प्रशिक्षण दिएको हो ।
तानसेन नगर सरकारको ‘छोरी शिक्षा’ कार्यक्रम
आइतबार, फागुन २९, २०७८
पढ्ने इच्छा भएका तर आर्थिक अभावबाट बञ्चित छोरीहरुलाई लक्षित गरेर तानसेन नगर सरकारले ‘छोरी शिक्षा’ कार्यक्रम शुरु गरेको छ । दलित, जनजाती, अल्पसंख्यक तथा अन्य समुदायका अधिकाश छात्राहरु आधारभुत तहसम्म अध्ययन गरी सो भन्दा माथि अध्ययन गर्ने हैसियत नभएका, चेतना र गरीवीले पिल्सीएका छोरीहरुलाई लक्षित गरी नगर सरकारले छोरी शिक्षा...
अमरनारायण मन्दिर पुनर्निर्माण प्रति विश्व हिन्दु महासंघको चासो
शुक्रबार, फागुन २७, २०७८
अमरनारायण मन्दिर पुनर्निर्माणप्रति विश्व हिन्दु महासंघ पाल्पाले चासो देखाएको छ । मन्दिरको छानो भत्किएपछि महासंघले चासो व्यक्त गर्दै त्यसको पुनर्निर्माण गरिनुपर्ने बताएको हो । तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छाना सहितको भाग गत बुधबार अकस्मात भत्किएको थियो ।
रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
शुक्रबार, फागुन २७, २०७८
पछिल्लो समय रामपुरमा अवैध बालुवा निकासी गर्ने सवारी साधन प्रहरी फन्दामा पर्ने गरेका छन् । पुनः रामपुरबाटै अवैध बालुवा निकासी गर्ने एक ट्याक्टर प्रहरी फन्दामा परेको छ । विहिबार प्रहरीले रामपुर–३,निस्दी खोलाबाट लु ४ त ७६८१ नम्वरको ट्याक्टरलाई बालुवा निकालिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो ।
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया
बिहीबार, फागुन २६, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुवाखोला होमस्टे गुल्मीमा होटल व्यवसाय, होमस्टे सञ्चालन र पर्यटन सम्बन्धी अन्तक्रिया भएको छ ।
भत्कियो तानसेनको अमर नारायण मन्दिर, अनिष्ट हुने पुजारीको आशंका
बिहीबार, फागुन २६, २०७८
तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर भत्किएको छ । मन्दिरको दक्षिण र पूर्व तर्फको मध्य भागको छाना सहितको भाग भत्किएको हो ।


