जिल्ला समन्वय समिति गुल्मीले गर्यो सहजीकरण बैठक
शनिबार, पुस १०, २०७८

पुस १० गते सार्वजनिक विदा
शुक्रबार, पुस ९, २०७८
सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला
शुक्रबार, पुस ९, २०७८
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका थिए ।
.jpg)
रेसुङ्गा र मदाने वन क्षेत्रका स्थानीयलाई आयआर्जन कार्यक्रम
शुक्रबार, पुस ९, २०७८
नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षित वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई विभिन्न आयआर्जनका कामहरुमा लगाएर वन क्षेत्रलाई संरक्षण र संवद्धन गर्न महत्पूर्ण काम गर्दै आएको हो ।

रोकिएन अवैध रूपमा बालुवा चोरी निकासी
शुक्रबार, पुस ९, २०७८
जिल्लाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ ।

तानसेनमा पारिवारिक लगत विवरण संकलन
शुक्रबार, पुस ९, २०७८
तानसेन नगरपालिकाले सबै घर परिवारलाई पारिवारिक लगत विवरण संकलन गर्न थालेको छ । संकलन विवरणलाई ‘फेमिली कार्ड’ का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो । नगरपालिकाले १४ वडामा लगत विवरण संकलन गर्न गणक खटाएको हो ।
.jpg)
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन
बिहीबार, पुस ८, २०७८
गुल्मी जिल्लामा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो । विपद्मा बाल संरक्षण गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।

रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव
बुधबार, पुस ७, २०७८
जिल्लामा रहेको रिडर्स पब्लिक हाई स्कुलले २९ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । जिल्लाको रेसुङ्गा–८ खानीगाउँ तम्घासमा रहेको विद्यालयले २८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।

खाजामा रमाउँदै बालबालिका :
बुधबार, पुस ७, २०७८
रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।

ज्यान मार्ने कसुरमा पक्राउ
मंगलबार, पुस ६, २०७८
ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।

दोभान तिनाउ गाउँपालिकाको पहिलो पूर्ण सरसफाई उन्मूख वडा घोषणा
मंगलबार, पुस ६, २०७८
तिनाउ गाउँपालिको वडा २ दोभान सरसफाई उन्मूख वडा घोषणा भएको छ । लुम्बिनी प्रदेशकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले वडा २ दोभानलाई सरसफाई उन्मूख वडा घोषणा गरेकी छिन् ।

बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला
सोमबार, पुस ५, २०७८
बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण...

दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण
सोमबार, पुस ५, २०७८
तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।