Shittalpati
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु

गुल्मी, गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका र सत्यवती गाउँपालिकामा भएका छुुट्टाछट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । यहाँको इस्मा गाउँपालिका–२ सामाचौरमा कुलोमा डुवेको अवस्थामा एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ३७ वर्षीया माया खत्री सामचौर–सेराको कुलोमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । उनको शुक्रबार विहान कुुलोमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खत्री बाटोबाट तल कुलामा खसेको हुुन सक्ने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनले मदिरा सेवन गरी घर आउने क्रममा लडेर कुलामा खसेको जस्तो देखिएको छ । खत्रीले रातभर मदिरा खाएर होहल्ला समेत गरेको स्थानीयको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टपछि आफ्न्तलाई बुुझाइएको छ ।

यस्तै सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा घाँस काट्ने क्रममा लडेर एक महिलाको ज्यान गएको छ । घरबाट घाँस काट्न भनि हिडेकी ठूलोलुम्पेकी ३५ वर्षीया गीता सुनारको भीरबाट लडेर ज्यान गएको जिल्ला प्ररही कार्यालयले जनाएको छ । घर नजिकैको कुडादी भन्ने स्थानमा घाँस काट्न गएकी सुनार घाँस काट्दै गर्दा एक्कासी भीरबाट लडेकी थिइन् । उनी भिरदेखि करिब एक सय मिटर तल खस्न पुगेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update