Shittalpati
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको बिदाइ गरिएको छ । प्रहरीको फेरी भेटौंला कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न संघ संस्था, राजनीतिक दल, पत्रकारहरुले एसपी शर्माको बिदाइ गरेका हुन् ।
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।
ट्रकमा राखेर ल्याइँदै गरेका १८ गोरु प्रहरी नियन्त्रणमा
ट्रकमा राखेर ल्याइँदै गरेका १८ गोरु प्रहरी नियन्त्रणमा जिल्लाको तिनाउ गाउँपालिका– ३ स्थित बेलबास–दोभान कच्चि सडक खण्ड हुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरु पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी बुधबार श्रीपञ्चमी मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए ।
पशु विज्ञानमा विद्यार्थीको आकर्षण
पशु विज्ञानमा विद्यार्थीको आकर्षण कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशकअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण उक्त विद्यार्थी सङ्ख्या घटेपछि विद्यालयमा विसं २०७३ देखि प्राविधिक धारतर्फको अध्यापन सुरु गरियो ।
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो । 
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदैं
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदैं प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ ।
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइदैं
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइदैं आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो ।
अझै २० प्रतिशत  गरिबीको रेखामुनि
अझै २० प्रतिशत  गरिबीको रेखामुनि नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारी लगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । 
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।
मानव अधिकार संगठनको राष्ट्रिय सम्मेलन पाल्पामा, संगठनको अध्यक्षमा अर्याल
मानव अधिकार संगठनको राष्ट्रिय सम्मेलन पाल्पामा, संगठनको अध्यक्षमा अर्याल नेपाल मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन पाल्पाको ऐतिहासिक नगर तानसेनमा भएको छ  । संगठन पाल्पा शाखाको आयोजनामा सोमबार राष्ट्रिय सम्मेलन २०८० भएको हो । 
बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव
बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २७ औं वार्षिकउत्सव मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले सोमबार विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकउत्सव मनाएको हो ।
Weather Update