सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सोमबार, चैत २६, २०८०
तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।
मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत
शनिबार, चैत २४, २०८०
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने
शुक्रबार, चैत २३, २०८०
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यलय पाल्पाको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा तानसेनमा भएको उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताएका हुन् ।
पाल्पाका ऐतिहासिक गढी तथा किल्लाको पदयात्रा गर्दै नेपाली सेना
बिहीबार, चैत २२, २०८०
नेपाली सेनाको टोलीले पाल्पाका ऐतिहासिक गढी तथा किल्लाहरूको पैदलयात्रा गर्ने भएको छ । ‘दोस्रो गोरखा–जितगढी’ पदयात्रा अन्तर्गत सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको पदयात्रा गर्ने भएको हो ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा
बुधबार, चैत २१, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन् ।
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
मंगलबार, चैत २०, २०८०
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै
मंगलबार, चैत २०, २०८०
विश्व अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।
तानसेनमा नेपाल विद्यालय कर्मचारी परिषद्को जिल्ला भेला
सोमबार, चैत १९, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद् पाल्पाको जिल्ला भेला तानसेनमा भएको छ । परिषद्लाई थप प्रभावकारी र सशक्त बनाएर लैजान परिषद्ले भेला आयोजना गरेको हो ।
आज विश्व मूर्ख दिवस मनाइँदै
सोमबार, चैत १९, २०८०
आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् ।
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
आइतबार, चैत १८, २०८०
नेपाल प्रहरीले स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
आइतबार, चैत १८, २०८०
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना
शनिबार, चैत १७, २०८०
नेपालमा बढिरहेको साइबर सुरक्षाबारे विद्यार्थीहरुलाई सचेतन गराइएको छ । पाल्पा जेसिज वर्ष २०२४ ले तानसेनमा रहेको मिलेनियम सेकेण्डरी स्कुलमा कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षाबारे जानकारी गराई सचेतना गराएको हो ।


