Shittalpati
‘एमालेले ल्याएका योजना सफल पार्न लाग्छौं’

पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नं १ का उम्मेदवारले एमाले सरकारका पालामा ल्याइएका योजनाहरु सफल पार्न आफुुहरु लाग्ने बताएका छन् । उनीहरुले मतदाताहरुको घर–घरमा पुुगेर एमालेले ल्याएका योजनाहरुको विषयमा जानकारी गराउँदै ति योजना सफल पार्ने बताएका हुन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले एमालेले सुुरु गरेको समृद्ध नेपाल सुखी नेपाली अभियान र अपूरा रहेका राष्ट्रिय योजनाहरु पूरा गर्न मंसिर ४ गतेको निर्वाचनमा आफुहरुले जित्नैपर्ने बताएका छन् । प्रचार–प्रसारको क्रममा रम्भा गाउँपालिका विभिन्न वडामा पुुगेर आचार्यले एक घर एक रोजगार, गाउँ–गाउँमा स्वरोजगार, एक घर एक खानेपानी धारा, सबैको घर–घरमा विद्युत सेवा, आत्मनिर्भर नेपालजस्ता महत्वपूर्ण योजनाहरु पुरा गर्ने अठोट लिएको बताए । पाल्पा क्षेत्र नंं १ (१) प्रदेशसभा सदस्य एमाले उम्मेदवार राजुप्रसाद श्रेष्ठले पवित्र कालीगण्डकी नदीमा पानी जहाज चलाउन सवस्टेसन राख्ने बताएका छन् । नेकपा एमालेको सरकारले ल्याएका योजना सफल बनाउन आफू सक्रिय भएर लाग्ने उम्मेदवार श्रेष्ठले बताए । ‘पानी जहाज सञ्चालन गरेर यस क्षेत्रका आयआर्जनसँगै रोजगारी बढाउने, पर्यटन प्रवद्र्धन गर्ने काममा निरन्तर लाग्ने उनले बताए । राम्दीदेखि गैडाकोटसम्म जलयातायात सञ्चालन गर्न आफ्नो पहल रहने श्रेष्ठले बताए । क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेमबहादुर सारुले हुमिन क्षेत्रको सडक स्तरोन्नति, हुमिन ,रुप्से जोड्ने पक्कीपुल, थ्रि फेस विद्युुत लाईन, कृषि र पशुपालन व्यवसायमा आधुनिकरण, खेलमैदान, एक घर एक धाराका लागि प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहल गर्ने बताए ।

यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे र प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तिमगर तिनाउ गाउँपालिका–२ र ३ का विभिन्न टोलमा पुगेर मत मागिरहेका छन् । घरमा पुगेका उम्मेदवारसँग जनताले सडक, खानेपानी लगायत समस्याका बारेमा गुनासो राखेका थिए ।

सोही क्षेत्रमा पर्ने सिद्धबाबाखण्डलाई भरपर्दो बनाउने उम्मेदवार ठाकुर गैरेले बताए । आफू निर्वाचित भएपछि मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरेर जोखिममुक्त बनाउने कामलाई पहिलो प्राथमिकता दिने उनले बताए ।

क्षेत्र नंं २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नंं ६ यम्घाका बिभिन्न टोल तथा बस्तीहरुमा घरदैलो गरेका छन् । यम्घाका जनताले वडाका भित्री बाटो स्तरोन्नति हुनुपर्ने, सबै घर घरमा खानेपानीको व्यवस्था हुनुपर्ने, कृषि उत्पादन तथा तरकारीको उचित बजारीकरण हुनुपर्ने माग गरका थिए । आफू निर्वाचित भएपछि जनताको माग र आवश्यकताको आधारमा काम गर्ने आश्वासन दिए । उनले यम्घाका विभिन्न ठाउँमा मकै, तरकारी र अन्य नगदेबाली उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताए । यस्तै दाङसिङ्गा क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने र जनताको आयआर्जनमा सघाउ पु¥याउन पहल गर्ने उनकोे भनाई थियो ।

क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तिमगरले यहाँको खानीजन्य वस्तु, जल तथा वन जंगलको सही सदुपयोग गरेर आन्तरिक स्रोत वृद्धि गर्ने बताए । प्रदेश सरकारबाट प्रयाप्त बजेट तथा कार्यक्रम सञ्चालन गरेर यहाँको विकासलाई गति दिने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update