Shittalpati
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

गुल्मी, जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ हजार ८ सय १० मत ल्याएर विजयी भए भने, निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले ४ हजार ६ सय ७७ मत ल्याए ।

यस्तै यहाँ उपाध्यक्षमा नेकपा (एमाले)की मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । उनले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित भइन भने निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३ सय ८४ मत ल्याइन् । यहाँ ७ वटा वडामध्ये ३ वटा वडा एमाले ३ वटा वडा काँग्रेस र एउटा वडामा राष्ट्रिय जनमोर्चाले विजयी हासिल गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update