Shittalpati
गुल्मीको इस्मा –२  मा एमालेको किल्ला भत्कायो काँग्रेसले

गुल्मी, नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा गुल्मीको इस्मा गाउँपालिका –२ मा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको इस्मा –२ मा काँग्रेसले यस पटक भने भत्काएको हो । यहाँ अन्तिम मत परिणामअनुसार वडा अध्यक्षमा नेपाली काँग्रेसका लोकनाथ आचार्य, महिला सदस्य रेनुका सारुसहितको प्यानलै विजयी भएको छ । वडाअध्यक्षमा निर्वाचित आचार्यले एक हजार ५६ मत ल्याएर विजयी भए भने निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका राजेन्द्र विक्रम कुंवरले ९ सय ६९ मत ल्याए । यस्तै पालिका अध्यक्षमा यहाँबाट काँग्रेसका भगतसिं खड्काले एक हजार ११, एमालेका हिरा एसीले ९ सय ९९ मत ल्याए । उपाध्यक्षमा काँग्रेसबाट पार्वती कुंवरले एक हजार ६७ र एमालेबाट उम्मेदवार दिएकी विमला खत्रीले ९ सय ४५ मत ल्याइन् ।

लामो समयदेखि नै एमालेले आफ्नो पकड बनाएको यहाँ नेपाली काँंग्रेसले यसपटक बाजी मारेको हो । आधा जीवन नै समाजका लागि समर्पित गरेका आचार्यले वडावासीको मन जित्न सफल भएकै कारण एमालेको गढलाई तोड्न सफल भएका हुन् । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि काँग्रेसले नेतृत्व लिने अवसर पाएको छ ।

२०५४ देखि निर्वाचन जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो किल्ला गुमाएको हो । २०३५ सालमा अहिले वडा अध्यक्षमा निर्वाचित आचार्यका दाजु मुमलाल आचार्यले काँग्रेसबाट जितेका थिए । उनी पुनः दोस्रो पटक २०४६ मा पनि विजयी भए । त्यस यताका निर्वाचन भने एमालेले जित्दै आयो । २०७४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट टिका रेस्मीले जितेका थिए । काँग्रेसले विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा वडाध्यक्ष जित्न निकै सकस भयो । संगठन निर्माणमा जुटिरह्यो त्यसको फल अहिलेको निर्वाचनमा आफ्नो पोल्टामा वडाध्यक्ष पार्‍यो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update