Shittalpati
फेरि मत बदर नहोस्

वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्दै छन् । स्वतन्त्र रुपमा मतदान गर्न पाउनु नागरिकको अधिकार हो । सोही अनुरुप नागरिकले आफुलाई मन पर्ने व्यक्तिलाई मताधिकार प्रयोग गर्दै छन् । जति सक्दो धेरै मत खस्नु नागरिकले मतधिकार प्रयोग गर्नु हो, भने राजनीति दल र उम्मेदवारका लागि यो उपलब्धीमूलक हो । तर मत खस्नुलाई मात्र उपलब्धीमूलक मान्न सकिदैन । खसेको सबै मत सदर हुन्छ भन्ने छैन । केही मत बदर हुन जान्छ । त्यो बदर मतको कुनै अर्थ छैन । त्यसैले मत खस्नुलाई मात्र उपलब्धी मान्न हँुदैन । बरु मत बदर हुन नदिने विषयमा ध्यान दिनु महत्वपूर्ण हुन सक्छ । विगतका निर्वाचनमा धेरै मत बदर भएका थिए । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मत बदर हुन सक्ने प्रवल सम्भावना छ । कारण निर्वाचन आयोगले मतदाता शिक्षा नदिनु हो । मतदाता शिक्षा दिदा त मत बदर हुने गथ्र्यो भने शिक्षा नदिदा त झन बढी मत बदर नहोला भन्न सकिदैन ।

२०७४ को स्थानीय निर्वाचनमा ३.१८ प्रतिशत बदर भएको थियो । निर्वाचनको अनुभव सँगालेरै मत बदर नहोउन् भनेर त्यो साल मतदाता शिक्षामा १ अर्ब ५० करोड खर्च गरिएको थियो । तर, नतिजा अपेक्षाकृत आएन । मत बदर हुनुको प्रमुख कारण मतदाता शिक्षा प्रभावकारी नहुुनु नै हो । यसपटक मतदाता शिक्षा नै दिइएको छैन । मत बदर नहोस् भनेर निर्वाचन आयोग र सरकार संवेदनशिल बन्न सकेका छैनन् । यो विषयमा दल पनि गम्भीर छैनन् । जसलाई मतदाताले भोट दिएको हो उसको मत बदर नभइदिएको भए हारेकाले जित्ने र जित्नेले हार्ने हुने थुप्रै उदाहरणका भुक्तभोगी दलका नेताहरू आफैं छन् । तैपनि उनीहरू यस विषयमा गम्भीर छैनन् । जनताले चाहेका प्रतिनिधि चुनिउनभनेर नै निर्वाचन गरिएको छ । जनताले पनि आफूले चाहेकै उम्मेदवारले जितोस् भनेर भोट हाल्छन् । तर हालेको भोट बदर हुन पुग्दा चाहेको प्रचिनिधिले पाउँदैन । यो आफैमा दुखद् हो । नागरिकलाई मतदानको विषयमा प्राप्त ज्ञान र जानकारी नहुँदा यो अवस्था सिर्जना भएको हो । यसर्थ विगतमा जस्तो यस पटक मत बदर नहोस् । जनताले चाहेको उम्मेदवारलाई भोट खसाल्न पाउन । यसतर्फ सबैको ध्यान जाओस् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update