Shittalpati
गुल्मीमा गठबन्धनको बैंठक

गुल्मी, सत्तारुढ गठबन्धनका दलहरुबीचको बैठक गुल्मीमा बसेको छ । शुक्रबार नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा बसेको बैठकले आसन्न निर्वाचनलाई केन्द्रीत गरी पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गर्ने निर्णय गरेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।

नेपाली काँग्रसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेता सम्मिलित केन्द्रीय संयन्त्रको बैठकले गरेको निर्देशन अनुसार जिल्लातहमा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरिएको सचिव खड्काले जानकारी दिए । उनका अनुसार केन्द्रीय संयन्त्रको निर्देशन अनुसार नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको संयोजकत्वमा पाँच सदस्यीय संयन्त्र गठन गरिएको छ । सदस्यहरुमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जि.सि., नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज गणेश खनाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीर बहादुर गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना रहेका छन् । जिल्ला संयन्त्रका बैठकहरु अविच्छिन्न सञ्चालन गरी गठबन्धन दलबीच हार्दिकता र सामिप्यता वृद्धि गर्दै आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बहुमतका साथ विजयी बनाउने सचिव खड्काले बताए । बैठकमा सत्तारुढ गठबन्धन दलका जिल्लास्थित नेताहरुको समेत सहभागिता रहेको थियोे ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update