बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री
गुल्मी, सहरी विकास मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दुई तिहाइ प्राप्त गरेको नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदा त्यसका विरुद्ध विद्रोह गर्नुपरेको बताएकी हुन् ।
मन्त्री झाँक्रीले भनिन् ‘कम्युनिष्ट पार्टी जनताको बीचमा जान्छ । जनताको जनमत प्राप्त गर्छ । निर्वाचनको माध्यमबाट सरकारमा पुगेपछि जनपक्षिय काम गर्छ ।’ उनले मिथक पौराणिक कथाका पात्र जस्तो नभई वर्तमानमा देखिने महसुुस गरिने गरि काम गर्ने संकल्प गरेको बताइन् ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्