जीवलाल सुवेदी
नेपालमा अधिकांश मानिसहरुले बजारबाट एक किलो. आलु, १ किलो चिनी, १ किलो घ्यू, दूग्ध, दही, तरकारी, प्याज, फलफुल किनेर घर लैजान पायो भने यो जति गर्भ अरु केही मान्दैनन् । तर यि सबै वस्तु आफै घरमा उत्पादन गर्न सकिने भएपनि मानिसले यता ध्यान दिदैनन् । बजारमा बेच्न राखिएका चामल लगाएत अन्य खाद्यान्न किन्नमै रमाउछन् नेपाली उपभोक्ता । नेपालमा यस्तो प्रचलन भएको एक दशक नै भयो । यो समय भन्दा पहिलाका मानिसहरुले आफै उत्पादन गर्ने र खाने प्रचलन थियो । बजारमा खाद्यान्न पसल खासै देखिदैनथ्यो । फलफुल तरकारी पसल विरलै भेटिन्थे । खासमा उत्पादन गर्न नसक्ने बजारबाट मात्र पाईने लत्ताकपडा, चिनी, चिया, गरगहना मात्रै किन्ने र घर खर्च चलाउनका लागि गाईबाख्रा, खसी, भैसी विक्री गर्ने चलन थियो । साच्चिकै भन्ने हो भने अहिले नेपाली बजार विचित्रको छ । तपाई हामी किनमेल गर्न निस्क्यौ भने एउटै गुणस्तरको सामान बजार भाउ फरक–फरक पाईन्छ । कुनै पसलमा महङ्गो छ भने त्यही सामान अर्को पसलमा सस्तो छ । पसल अनुसारको भाउ छ चिनी मोटो र मसिनो हुने गर्दछ । त्यही मोटो चिनी एक पसलमा ८० प्रति के.जी. छ भने अर्को पसलमा त्यही चिनी ८५ रुपैयाँ छ । पसल नजिकै छन् तर भाउ फरक –फरक छ । यहाँ नगद र उधारोको मूल्यले गर्दा पनि यस्तो हुने गरेको हामी पाउछौ । नेपालमा बजारको मूल्यमा एकरुपता नै छैन जसले जति मूल्य भने पनि हुने । त्यसैगरी कपडामा उस्तै छ । सुन पसलमा ज्याला उस्तै छ, बैंकमा उस्तै छ, ब्याज–फरक फरक छ । यस्तो हुनुको मुख्य कारण देश सञ्चालकहरुले सिस्टम बनाउन नसक्नु हो ।
मानिसहरु लापरवाही ढ·ले प्रस्तुत भएका छन् । नेपालमा हरेक नेपालीलाई हेर्नुस् त सानो–तिनो काम गर्न खोज्दैनन् । जस्तो विदेशी आएर यहाँ चटपट बेच्छन्, कवाडी सामान खरिद गर्छन् । रेडियो, घडी, टिभी, फ्रिज बनाउने कामदेखी लिएर सडक बनाउने, घर बनाउने, फर्निचर बनाउने, तपाईको घरको ट्वाइलेट, धारा, ग्याँस, चुलो विग्रीयो बनाउने उही भारतिय बढी मात्रामा आउँछन् । तरकारी पसल, चामल पसल, नाउँ जहाँ कपालकाट्ने ठाउँमा जानुस त्यहाँ पनि भारतियका मानिसहरु भेट्नुहुन्छ । नेपालमा ठूला–ठूला ठेक्का पट्टा गर्नु परेमा चाइना कम्पनी नै भेटिन्छन् । नेपालमा सम्पूर्ण सामानहरु विदेशबाट आउने गर्दछ । तपाईले लगाएको कपडादेखि गरगहना, घरमा प्रयोग हुने डेकोरेसन पकाउने भाडा सबै विदेशबाट आएको पाउनु हुन्छ । मान्छे मात्र नेपाली हो, यस्तो अवस्थामा नेपालीहरु छन् अझ त के सम्म देखिन्छ भने आफुले घरमा उत्पादन गरेका च्याउ, आलु, तरकाली बजार लगेर बेच्न समेत हिचकिच्याउँछ । उसलाई पैसा चाहिएको बेला के गर्छ भने एक बोरा आलु आफुले नबोकेर बजार लैजान मान्छे खोजिरहेको हुन्छ । कमसे कम त्यो एक बोरा आलु आफैले बोकेर लैजाने हो भने त भारी बोक्नेलाई दिन नपरे पछी त पैसा बच्ने थियो । तर त्यस तर्फ नेपालीले सोच्दैन । हुन त अर्कोलाई रोजगारी भयो भनिन्छ तर आफु भने रित्तै जान्छ । त्यही मानिस विदेश गयो भने जे काम गर्न पनि तयार हुन्छ । विदेशमा राम्रो काम त आफै गर्छन् नराम्रो काम मात्र हुन्छ । त्यही काम गरेर विदेशबाट पैसा कमाउने सोचमा धेरै मानिसहरुको यहाँका बारी, खेत, घर सबै बाँझा भए गाउँमा मानिसहरु बस्न छाडे । पहिला हजुरबा, बाहरुले कमाई खाएको जग्गा रित्तै हुन थाले ।
गाउँमा जाँदा बुढाबुढी र केटाकेटी बाहेक अल्लि तरुनी मान्छे त भेट्नै गाह्रो हुन थाल्यो अझ अरु त बजारमा के देखिन्छ भने बच्चा पढाउन भन्दै श्रीमान विदेश श्रीमती बजार गर्दा पनि धेरै समस्याहरु देखिन थालेको छ । अनि गाउँमा बुढाबुढी गाउँघर तिर कसैको मृत्यु भयो भने पनि लैजाने मानिससम्म पनि भेट्न कठिनाई भैसक्यो । मानिसहरु अहिले अधिकांश पैसा कमाउना साथ बजारमा सानो घडेरी खरिद गरी त्यही घर बनाउने र बस्ने कमाई के हो ? के खाने ? खर्च कसरी पु¥याउने ? भन्ने नै छैन घर बनाउने र बजारमा बस्ने, श्रीमान वा श्रीमती विदेश जाने जसले कमाएपछि त्यही पैसाले बजारमा जाने र किनेर खाने यस्तो प्रचलन निम्तिएको छ । यसले गर्दा ति जसले बजारमा घर बनाएर बसेको छ सकेसम्म बजारको एउटा भए पनि कोठा भाडामा दिने र आफु माथि मालिक भएर बस्ने भाडा उठाएर खाने सोच बनाउने र यसरी ज्यान पाल्नेहरुको संख्या बजारमा Þवात्तै बढेको छ । यही घर भाडामा गएन रोजगारी भएन भने त्यो घरको झगडा शुरु हुन्छ । छोराछोरीको पढाई अनि आफुहरुको विजोग भएको बजारमा प्रशस्त भेट्न सकिन्छ । यो भनेको मुख्य कारण हो सुख पाउन । धेरै मानिसहरुमा यतिबेला अशान्ति नै छ । किन भने पृथ्वीले मानिसलाई आफै ठेगानामा लगाउँदो रहेछ ।
जब कोभिड–१९ शुरु भयो सबै डेराववालाहरु आ–आफ्नो गाउँको घरमा गए उतै खेतिपाती गर्न थाले बालबच्चा उतै पढाउन थाले अनि बजारमा घर बनाएर भाडा खानेहरु हेरेको हेरै भए । यो संसार विचित्रको छ मानिसले आफ्नो सोचले पनि हँुदैन । मुख्य त समय हो । अझ नेपालमा त यहाँको मानिसले बनाउने मुख्य पेसाहरु भाडामा घर दिने, बैंकमा पैसा राख्ने वा व्यक्तिलाई ब्याजमा पैसा लगानी गर्ने र व्याज उठाएर खाने, जागिर गर्ने सरकारी होस् या प्राइभेट जागिर गर्ने र खाने यस्तो प्रचलन नेपालमा छ उद्यमी गर्ने, उद्योग खोल्ने भन्ने त नाम मात्रै हो । हिजो पञ्चायती व्यवस्था हुँदा भएका नेपाली उद्योगहरु कहाँ गए २०४६ सालमा प्रजातन्त्र आएपछि धमाधम नेपालका उद्योगहरु किन बन्द भए ? हिजो राजाले देश चलाउँदा उद्योगहरु रहने अहिले जनताको छोराले देश चलाउँदा झन् बन्द हुनु मुख्य कारण के हो ? जे भए पनि जसले बनाएको थियो उसलाई माया लाग्दो रहेछ भन्ने यहाँ देखियो । तानाशाही शासन त राम्रो होइन तर यहाँका मानिसहरु ति उद्योगहरुमा कति रोजगारी पाए होला त्यहि भएर त्यति बेला मानिसहरु वैदेशिक रोजगारीमा थिएनन् । जे जति रोजगारी थिए सबै आमाबावु, दिदीभाई, छोरा, छोरीसँग बस्थे कति रमाईलो थियो । त्यो रमाईलो अहिले गाउँमा छैन । मान्छे मर्दा आफ्नै छोरालेसम्म पानी खुवाउन पाउँदैन । आमाबावु मरेको ७/८ दिनमा बल्ल छोरो घरमा आउँछ । पैसाका कारण मर्ने बेलामा नत बाउले छोराको मुख हेर्न पाए नत बावुको सदगत छोराले गर्न पाए । सँगै बस्ने मिठो खाने र सुख पाउने निहुँले झन् मानिसहरु दुख पाईरहेका छन् । बावु विरामी हँुदा छोराले फोन गर्दछ । सँगै बस्नु छैन फोन मै सबै हुन थाल्यो । छरछिमेक पनि त्यही हँुदै जाँदा यो प्रचलन नै हुन थाल्यो । नेपाली समाजमा यस्तै हँुदै आएको छ ।
नेपालमा उद्योगधन्दा कलकारखानामा भन्दा घर बनाउनका लागि नेपालमै बस्ने ठेकदारहरुले जग्गा पलटि· गर्ने अनि विदेशमा भएकालाई घडेरी किन्न लगाएर महङ्गो बेच्ने र फेरी घर बनाउन पनि त्यही ठेकदारलाई दिने यहाँ बस्ने ठेकदार दलाली मोटाउने विचरा विदेशमा घाममा डढेर कमाएको पैसा घरमा आउँदा भने जस्तो नहुँदा पनि धेरै दुःख गर्ने नेपाली दाजुभाईहरु धेरै नै दुख पाईरहेका छन् । यि विभिन्न समस्या आउनु पनि स्वदेशमा काम गरेर खाने वातावरण सरकार चलाउने नेताहरुले नबनाईदिदा भएको हो । चुनावमा मुख्य एजेण्डा नै यति भोट बनाईदिए फल्नो देशमा पठाउँछु भन्ने पार्टीका नेताहरु हुन्छन् । समय परिवर्तन भएता पनि आफ्नो परिवार लथालिङ भएर कहिल्यै सुख पाईदैन । जे छ त्यसैमा सन्तुष्टी हुन सिक्नुपर्दछ धेरै कमाउने धेरै पढ्ने इच्छा हरेक मानिसहरुको हुन्छ । भएता पनि समय मानव पशुपक्षि सबैको २४ घण्टा मात्र हो यही समय खेल्ने, रमाउने, हिड्ने, डुल्ने यसैले आफ्नो घरको सन्तान आफ्नै घरमा गोलवन्दी बनौ । छुटिएर मन, समय, धनका लागि नतड्पौै । यही हो संसार आफ्नो घरमा नै बसौं, घरमै उत्पादन गरौ, गाउँमै शिक्षा लिऊ, आफ्नो उत्पादित सामान बेच्न नलजाउ, काम गरांै सुखसँग खाऔ, रमाउ बावुआमा, दिदीभाई, इष्टमित्र, आफन्तसँगै रमाउ ।
(लेखक स्वतन्त्र पत्रकार महासंघका केन्द्रिय महासचिव समेत हुन् ।)