Shittalpati
काठमाडौंबाट भागेका कैदीबन्दी पाल्पामा पक्राउ

पाल्पा, जेन—जी आन्दोलनका क्रममा काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका पूर्वखोला गाउँपालिका–३, का ३५ वर्षीय रुद्रप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । बैँकिङ् कसुरमा बन्दी रहेका उनलाई पाल्पा घरमा लुक्न आएको बेला विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए । पक्राउ गरिएका न्यौपानेलाई पाल्पास्थित कारागारमा बुझाइएको छ ।

गत भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दी धमाधम पक्राउ पर्न थालेका छन् । पाल्पामा अहिलेसम्म चार जना पक्राउ परिसकेका छन् । यसरी पक्राउ पर्नेमा बैँकिङ् कसुर, जबरजस्तीकरणी मुद्दादेखि कर्तव्य ज्यान, लागुऔषधसम्मका कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update