Shittalpati
लायन्सको दोस्रो क्याबिनेट बैठक पाल्पामा बस्दै

पाल्पा, सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक पाल्पाको तानसेनमा बस्ने भएको छ । एरिया लायन्सहरुको आयोजनामा क्याबिनेट बैठक कार्तिक २१ र २२ गते हुने भएको हो ।

क्लवले विहिबार पत्रकार सम्मेलन गरी पाल्पाको पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक, ऐतिहासिक साँस्कृतिक सम्पदाहरू पर्यटकीय स्थल, कृषि उत्पादनको प्रचार–प्रसार गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ बैंठक गर्न लागिएको जनाएको छ । कार्तिक २१ गते होटल द ह्वाइटलेकमा प्रि क्याविनेट र कार्तिक २२ गते श्रीनगर साँस्कृतिक डबलीमा क्याबिनेट बैंठक  गरिने एरिया २ का चिफ गंगाबहादुर खत्रीले बताए । उनका अनुसार प्रि क्याविनेट बैंठकमा लायन वर्ष २०२५/०२६ जुलाई देखि अस्टोवर सम्ममा क्लव, जोन, रिजन एरिया र डिष्ट्रिकले सम्पादन गरेका कार्यहरुको समिक्षा, आगामी दिनका योजनाहरुका विषयमा छलफल हुनेछ । क्याविनेटमा प्रि क्याविनेटका समिक्षा र छलफलका विषयसँग सम्बन्धित रहेर छलफल सम्मान, उत्प्रेणात्मक कार्यक्रम, छात्रवृत्ति वितरणसँगै आगामी दिनका योजनाहरु तय गरिने एरिया चिफ खत्रीले बताए । पर्यटन, कृषि र उद्यमशिलतालाई जोड्ने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको उनले बताए । एरिया चिफ खत्रीका अनुसार कार्यक्रमको प्रमुख अतिथि पूर्व इन्टरनेश्नल डाइरेक्ट लायन इ. सञ्जय खेतान र प्रमुख वक्ताको रुपमा उत्प्रेरक तथा नेतृत्व विकासका सहजकतां नर बहादुर कार्की सहभागी हुने कार्यतालिका रहेको छ भने बर्तमान डिष्ट्रिक्ट गभर्नर लायन बाला राम भट्टराईले अध्यक्षता रहने छ ।

बैंठकमा सहभागीहरुले स्थानीय ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीयस्थल भ्रमण गर्ने हुनाले समग्र पाल्पामा अवस्थित ऐतिहासिक, साँस्कृति सम्पदा र पर्यटकीय स्थलहरुको पहिचानको प्रचार हुनुका साथै र स्थानीय व्यवसायमा प्रत्यक्ष आर्थिक प्रभाव पार्ने अपेक्षा गरिएको डिष्ट्रिक्ट गभर्नर लायन बालाराम भट्टराईले  बताए । कार्यक्रमबाट पाल्पाको पर्यटन सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर हुने उनले विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले स्वयमसेवक संस्थाले जिल्लाको पर्यटन, कृषि र उद्यमशिलतालाई जोड्ने गरी आयोजना गरिएको कार्यक्रम प्रशंसनिय रहेको बताए । बैंठकमा जिल्लाका पर्यटकीयस्थलहरुको तस्वीरहरुको प्रदर्शन, कृषि उपजहरुको स्टल राखिनुको साथै स्थानीय उत्पादित झोला र पर्यटकीय स्थलहरुको तस्वीर उपहारका रुपमा सहभागीहरुलाई दिइने छ । पत्रकार सम्मेलन एरिया २ का चिफ गंगाबहादुर  खत्रीको अध्यक्षता, सचिव सुरेशमान भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update