Shittalpati
प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले : विष्ट

गुल्मी, नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३ औं साधारण सभाको कार्यक्रममा विष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भने कुरामा विश्वास नरहेको बताए ।

गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । एक्ला–एक्लै एमाले पार्टीसँग चुनाव लड्ने आट अन्य पार्टीसँग नभएको विष्टले बताए । आगमी निर्वाचनमा सबै राजनितिक दल एमाले विरुद्ध गठबन्धन गरेर आएपनि सबैलाई निर्वाचनमा परास्त पार्ने विष्टको भनाई थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्रात्त भएको विष्टले उल्लेख गरे । मन्त्रीमण्डल विस्तार गर्न एक सय दिन लगाउने सरकारले जनताको समस्या र चाहाना अनुसार काम गर्न नसक्ने विष्टले बताए । आर्थिक वर्ष सकिएको करिब ५ महिनामा विकास खर्च ७ प्रतिशत खर्च गर्ने अक्षम, अयोग्य सरकारको आफूले धेरै चर्चा गर्न आवश्यक नरहेको बताए । अब बाँकी ७ महिनामा ९३ प्रतिशत विकास बजेट खर्च गर्न कठिन रहेको उल्लेख गरे । उनले शिक्षाको क्षेत्रमा यस जनज्योति कम्पसले महत्पूर्ण भूमिका निर्वाह गरेको बताए । यस क्याम्पसको बृहत्तर विकासमा सधैँ सहयोग भइरहेको विष्टले बताए । प्रविधिमैत्री शिक्षा बनाउनका लागि सबै विद्यालयमा कम्प्युटर प्रदान गरिने विष्टको भनाई छ । –पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update