हरेक व्यक्तिमा उच्च महत्वकाङ्क्षाले गर्दा पनि नेपाली युवा जनशक्ति विदेशिन बाध्य छन् । नेपालको राजनैतिक अस्थिरताले पनि यी महत्वपूर्ण पक्षका लागि समस्या थप्ने बाहेक केही पनि गर्न सकेको छैनन् । कुनै पनि मूलुकका लागि नभई नहुने तत्व भनेकै राजनीति भएको मान्दै गर्दा कतै हामी भित्र राजनैतिक परिपक्कता नभएका कारण समस्या भयो कि भन्ने कुराले पनि प्रभाव पारिरहेको छ । नेपालमा भएका राजनैतिक परिवर्तनहरुसँंगै देखिएका विभिन्न खालका विकृत रुपले गर्दा आम जनमानसले चाहे अनुसारको नागरिक सेवा प्राप्त गकेको छैन । यसका लागि सरकारलाई मात्रै दोष दिएर उम्कने अवस्था छैन । सरकार निजी क्षेत्र र समुदाय सबैले चासो दिएर काम गर्न सक्यो भने मात्र मुलुकमा खडेरीका रुपमा रहेको बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।
राजनैतिक चरित्रका लागि लोकतन्त्रप्रतिको आस्था र विश्वासमा कमी नहुने खालको वातावरण बन्नेतर्फ सबैको ध्यान जानुपर्ने हुन्छ । समस्यालाई ज्यूका त्यू राखेर भन्दा पनि समस्या समाधानलाई समयसापेक्ष समाधानका बाटाहरु पहिल्याएर अगाडि बढ्नुपर्ने हुन्छ । युवाहरुको जोस, पाकापुस्ताको अनुभव, महिलाहरुको सहनशीलता, संयमितताका साथै हरेक क्षेत्रमा सवल, सक्षम नेतृत्वको परिकल्पना गर्ने वातावरण बन्दै जाने हो भने कुनै पनि मुलकको आर्थिक, सामाजिक परिवर्तनका लागि धेरै समय लाग्दैन । उद्यमशीलताका लागि नयाँ सोंच नबन्दासम्म कुनै पनि मूलुक आर्थिक रुपमा सम्पन्नताको शिखरमा पुग्न सक्दैन । भौतिक विकासले मात्र देश बन्दैन, त्यस अर्थमा हामी सबै मिलेर देश र जनताका लागि उद्यमशीलताको अभियानलाई अगाडि बढाउनुको विकल्प छैन । सबै अधिकारको उपयोगका लागि सबै किसिमको सोंच र विचारहरुको मन्थनमा लोकतन्त्र झल्किनुपर्ने हुन्छ । लोकतन्त्र बिनाको भौतिक अनि राजनैतिकवादलाई सार्थक बनाउन सकिने अवस्था रहदैन, त्यस कारण युवा परिचालन केवल राजनैतिक दलका जुलुस र भाषणका लागि मात्र नभएर उद्यमशीलताको पहाड निर्माण गर्ने तर्फ लाग्नु नै आजको आवश्यकता हो । त्यही नै लक्ष्य अनि समग्र विकासको मेरुदण्ड पनि हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।