कृष्ण पोखरेल
पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.ले प्रतिपक्षी दल नेकपा एमाले पार्टीले संविधान विपरित माग उठाएर संसद् अवरुद्ध गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री के.सी.ले एमाले पार्टीले बर्षाैसम्म आन्दोलन गरे पनि एमालेले उठाएका माग संविधान विपरितको माग भएकाले कहिल्यै पुरा नहुँने बताए ।
सर्वाेच्च अदालतले गरेका निर्यण र फैसला अनुसार एमालेले प्रदेश सभा अवरुद्ध गरी संसद चल्न नदिनु भनेको संविधान र संघीयता विपरित भएको मुख्यमन्त्री के.सी.ले बताए । चितवनमा हुने दशौं महाधिवेशनबाट गलत कुरा नारायणी मै बगाए एमाले सही नीति सहि बाटोमा आउने मुख्यमन्त्री के.सी.ले बताए । पाँच दलिय गठबन्धको सहमतिमा आफु मुख्यमन्त्री भएको बताउँदै उनले सत्ता छोड्ने विषयमा दिन महिना तोकेर कसैसँग पनि लिखित सहमति नभएको बताए । पाँच दलिय गठबन्धनको निर्णय र पार्टीको निर्णय अनुसार काम गर्नेमा मुख्यमन्त्री के.सी.ले जोड दिए ।
सिद्धबाबाको बाटोलाई दीर्घकालिन रुपमा समाधानका लागि पहाड कटानै उपयुक्त विकल्प भएको मुख्यमन्त्री के.सी.ले बताए । सिद्धबाबाको पहाड काटेर स्रोत विक्रि गर्ने र बाटो फराकिलो बनाउदै बाटोलाई सुरक्षित बनाउन अहिले पनि लुम्बिनी प्रदेश सरकार कटिवद्ध रहेको मुख्यमन्त्री के.सी.ले जोड दिए । केही वातावरण विद्हरुले पहाड कटान गर्दा वातावरणीय सुन्तलन विग्रने भन्दै मुद्दा हालेकोले प्रदेश सरकारले डिजाईन गरेको सिद्धबाबाको पहाड कटान रोकिएको मुख्यमन्त्री के.सी.ले बताए । पाल्पालाई लुम्बिनी प्रदेशकै प्रमुख हिल स्टेशनको रुपमा विकास गर्न प्रदेश सरकार क्रियासिल रहेको मुख्यमन्त्री के.सी.ले बताए । तानसेनमा रहेका ऐतिहासिक पुरातात्विक महत्वका पर्यटकीय संरचनाहरुलाई पाल्पालीहरुले अपनत्व गरी सोही अनुसारका पूर्वाधारह निर्माण गर्न मुख्यमन्त्री के.सी.ले जोड दिए । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाको सभापतित्व, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।