Shittalpati
मधुमेहबारे सावधानी अपनाऔँ

आज विश्व मधुमेह दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बर २९ तारिखका दिन यो दिवस मनाइन्छ । समाजमा मुटुको स्वास्थ्यबारे जनचेतना बढाउने हेतुले यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले सन् १९९१ नोभेम्बर १४ तारिखदेखि यो दिवस मनाउन थालेका हुन् । यो दिवसको मर्मलाई सार्थकता प्रदान गर्ने उद्देश्यले दिवसका दिन मधुमेह रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु हुने गर्दछन् ।

मधुमेह रोग संसारभरि नै नसर्ने रोगमध्ये प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको छ । शरीरको प्यांक्रियाज भन्ने ग्रन्थीबाट निस्किने इन्सुलिन ग्रन्थीरसको उत्पादन नभएमा अथवा उत्पन्न इन्सुलिनले राम्रो काम गर्न नसकेमा रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् चिनी रोग भन्ने गरिन्छ । नेपालमा लाखौं मानिस मधुमेहबाट पीडित रहेका छन् । पछिल्लो समय २० वर्षमाथिका युवायुवतीमा पनि यो रोग देखिन थालेको छ । यो अत्यन्त दुखको कुरा हो । यसको रोकथाम तथा नियन्त्रण गर्न सकिएन भने यसले विकराल रुप नलेला भन्न सकिदैन । मधुमेह सुगर अर्थात् चिनी रोगको नामले पनि परिचित छ । मानिसको रगतमा सुगरको मात्रा अत्यधिक गराउने ‘मोटाबोलिक’ रोगहरुलाई मधुमेह (डायबेटिज) भनिन्छ । शरीरमा पर्याप्त इन्सुलिनको मात्रा उत्पादन नहुने र शरीरका कोषहरुले इन्सुलिनप्रति प्रतिक्रिया नजनाउने दुवै अवस्थालाई मधुमेह रोग लागेको भनेर बुझिन्छ । नेपालमा मधुमेह दिवस मनाउँदै गर्दा विश्वभर दसमध्ये एक महिला मधुमेहको सिकार भइरहेका छन् भने हरेक सात नवजात शिशुमध्ये एक ‘ग्यास्टेसनल डायबेटिज’ लिएर जन्मिने गरेका छन् । यसकारण विश्व मधुमेह दिवसका अवसरमा बाल्यावस्थादेखि नै मुटुमैत्री स्वस्थ्य जीवन अपनाउन अपिल गर्न आवश्यक छ । भविष्यमा मुटु तथा मस्तिष्कघातमा पर्ने भावी प्रभाव घटाउनु पर्ने बेला आएको छ । तसर्थ यसका लागि अस्वस्थ खानपान, धूमपान, मद्यपानजस्ता जोखिमपूर्ण क्रियाकलाप घटाई, नियमित व्यायाममा ध्यान दिई सावधानी अपनाउनेतर्फ सबै लाग्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update