सरकारका समस्याहरु दिन प्रतिदिन बल्झिदै गएका छन् । सत्ताको नेतृत्व गरी रहेको नेपाली काँग्रेस अनि सत्ता गठवन्धनका घटकहरुको खचपचले गर्दा पनि समस्याहरु उत्पन्न हुने गरेका कारण बेला बेलामा असहजता उत्पन्न भएका छन् । न्यायपालिका र वारबीचको विवाद् अनि हानथापले गर्दा सरकार घटक दलहरुमा समेत समस्याहरु उत्पन्न हुने परिस्थिति श्रृजना भएको महशुस गर्न सकिन्छ ।
लोकतन्त्रका मूल्य र मान्यताका आधारभूत तौर तरिकालाई परिचालन गर्न नसक्नु र पद अनि सेवा सुविधामै दलहरुको मोहबढ्दै जाने कारणले नै आम जनतामा वितिष्णाका स्वरहरु कहराई रहेका छन् । विकासलाई कनिकाशैलीमा छर्ने प्रवृतिको विकास हुदैँ गएको र त्यसमाथि तल्लोतहदेखि उपल्लोतह सम्म हरेक किसिमका अनियमितताले गर्दा जनताको विश्वासमा कमी आएको छ । केन्द्रीय मन्त्री र प्रदेशका मन्त्रीहरुका कार्यसम्पादन शैली जभूमि भन्दा पनि भनमूखि भएका कारण कालोलाई कालो पनि भन्न नसक्ने प्रवृतिको अत्य नहुँदा सम्म देशले मूहार फेर्न सक्दैन । समस्याहरु पनि धेरै छन्, अस्थिरताका खाँडलहरु पुर्न सकिएका छैनन् । लोभीपापीहरुको संगत छोड्न सकिएको छैन । स्थानीयतह बाहेक केन्द्र र प्रदेशतहका जनप्रतिनिधी प्रति जनताको विश्वासमा कमी आएको अवस्था प्रति चिन्तित हुन सकिएको छैन । किन ? भन्ने प्रश्नको खोजी गर्नु नै आजको सबै भन्दा महत्वपूर्ण अवस्था हो । सरकार आफैमा अन्यौलताको शिकार भन्दा पनि हरेक समस्याको निकासमा लाग्नुपर्ने हुन्छ । प्रधानमन्त्री, मन्त्री र अरु निकायहरु बीचको समन्वयात्मक कार्यशैलीको विजारोपरण हुनुपर्ने हुन्छ । त्यस कारण सरकार हरेक नागरिकले छाम्दा फेला पर्ने खालको हुनुपर्ने अवस्थाको विकास भएन भने पनि समस्याहरु ज्यूका त्यू हुने बाहेक केही पनि हुन सक्दैनन् । त्यस कारण जनताले हेर्दा, सुन्दा, स्पर्शगर्दा सरकारको अभिभावकत्व पाएको अनुभूति गर्न नपाए सम्म हुनै पनि लोकतन्त्र आएको, परिवर्तन भएको अनुभूति जनताले गर्न सक्दैनन् भन्ने कुरा सबैले सतहदेखि नै बुझ्नुपर्ने अवस्थाको विकल्प छैन । त्यस कारण सरकारमा जो गए पनि सरकारले जनताको अभिभावक भएको महशुस हुनु नै सबै भन्दा महत्वपूर्ण कुरा हो भन्ने सबैमा चेतना भयो ।