टी–२० वरीयतामा नेपाल ३ स्थान तल
काठमाडौं, टी–२० वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १२ औं स्थानमा रहेको थियो । लगातार खराब प्रदर्शनका कारण नेपालको वरीयतामा ठूलो गिरावट आएको हो । नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ ।
नेपालको टी–२० वरीयतामा उच्च स्थान ११ औं हो । एशोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड १२ औं र यूएई १४ औं स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयतामा भने १६ औं स्थानमा रहेको छ । टी–२० वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अस्ट्रेलिया दोस्रो, इङ्ल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्