दुर्गा प्रसाद अर्याल
कोरोना कहर र यसको भयावह अवस्थामा मनस्थितिमा त केहि लेखु जस्तो लागेको नै थिएन् । केहि लेखु की भनेर कलम चलाउन खोज्यो कुनै शव्द नै नआउने हँुदो रहेछ यो कोरोनाको भयावह स्थिति र त्यस माथी आफूले चिने जानेको र नजिकको मानिसको कोरोनाका कारण मृत्युको समाचार सुनेपछि मस्तिस्क त शून्य नै हुने रहेछ । यस्तो भयावह र जीवन नै अनिश्चित भएको अवस्थामा पनि विभिन्न विकृती र लजास्पत क्रियाकलाप भएको देख्दा केही न केही नलेखी मनले सुखै नदिएकाले यही आजभोलीको विविध अवस्थालाई लिएर केहि चर्चा परिचर्चा यहाँ गर्न खोजिएको छ ।
यो भयावह स्थितिलाई न्यूनिकरण र व्यवस्थापनमा लाग्ने जिम्मेवारी पाएका केन्द्रीय र प्रदेश सरकारहरु सरकार परिवर्तन र सरकार जोगाउने खेलमा व्यस्थ रहेको देखिन्छ । जिम्मेवार दलका नेता महामारी नियन्त्रणका विषयमा बोलेकी भनेर समाचार हे¥यो एकले अर्कोलाई आरोप प्रत्यारोप गरेको मात्र सुनिन्छ । महामारीमा जनताको दैनिकी सहज कसरी बनाउने भन्ने त सुन्नै नपाउने अवस्था देखिन्छ । जब जब देशमा संकट आउछ तब तब नेपालका सत्ता प्राप्तीका समाचार मात्र सुन्नु ज्यादै दुःखद पक्ष हो । एकातिर जनता सहज उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थामा देखिन्छन् भने अर्को तर्फ निषेधाज्ञाका कारण धेरै जनताको दैनिकी ज्यादै कष्टकर हँुदै गएको देखिन्छ यसको सहज व्यवस्थापनमा सबै कुरा त्यागेर लाग्नु पर्ने बेला सत्ता परिवर्तन र यसैको खेलोमा जिम्मेवार निकाय रुमालिएको देख्दा नेपालीको मन र मस्तिष्कलाई दुखित तुल्याएको छ ।
गत सालको कोरोना महामारीमा मास्क र सेनिटाइजर जस्ता सर्वसाधरणले दैनिक प्रयोग गर्ने स्वास्थ्य सामग्रीको कालोबजारी र हाहाकार थियो यो साल अक्सिजनमा कालोबजारी र कमीशनको खेल देखिन्छ । अस्पतालमा शैया र राम्रो उपचार पाउन अस्पतालमा आफ्नो मान्छे हुनुपर्ने अथवा ठूलै नेतालाई भनसुन गर्नुपर्ने अवस्था देखिन्छ । कुनै पहुँच नभएका सर्वसाधरण नागरिकले सामान्य उपचार नपाउने अवस्था सिर्जीत हुनु जनताको शासन मानिएको गणतन्त्रले गिजाई रहेको छ । जनताका लागि शासन ग¥यौ भन्ने राजनितिककर्मीलाई हास्य पात्रको रुपमा स्थापित गरे जस्तो आभाषा हुन थालेको छ । महामारी र देशमा असहज स्थिति उत्पन्न भएका बेला राज्यका निकायहरु मौन र सुस्त अवस्थामा देखिन्छन् । यो अवस्थाले हिजो ,आज र भोली पनि निरन्तरता पाउने कुरामा सजिलै आकलन गर्न सकिन्छ । यो देशमा असल शासनको स्थापना कहिले होला ? कुन पुस्ताले असल सञ्चालन प्रणाली भएको देख्ने होलान ? सहज स्थितीमा चर्को भाषण गर्ने ठूला ठूला आसपासन जनतालाई बाड्ने असहज स्थितीमा जनतालाई सामान्य सिटामल पनि पु¥याउन नसक्ने अथवा देशको लथालिङ्ग ताल उदाङ्गो हुनुले हामीलाई दुखीत तुल्याएको पाईन्छ । देशको कुनै क्षेत्र पनि सन्तोषजनक नभएको यो देशमा यस्ता असहज परिस्थितीमा झनै यसलाई बढाएको पाईन्छ ।
जनताले दैनिक उपभोग गर्ने वस्तु तथा सेवाहरु यस विषम परिस्थितीमा सस्तो र सुलभ हुनु पर्ने बेलामा व्यापारीहरुबाट आफूखुसी मूल्य अत्याधिक वृद्धि गरी जनजीवन कष्टकर बनाएको देखिन्छ । खाने तेलको मूल्यमा भएको तिव्र वृद्धिले हाम्रा सरकारको अनुगमन र नियन्त्रण प्रणालीलाई गिज्याई रहेको छ यो एउटा उदाहरण मात्र हो । अरु दैनिक उपभोग्य वस्तुको त कुरा नै नगरौ । हिजो र आजको मूल्यस्तरलाई तुलना गर्न नै नसकिने अवस्था सिर्जना भएको पाईन्छ । महामारी र निषेधाज्ञा सुरु भए पछि हरेक दैनिक उपभोग्य सामानको मूल्यमा व्यापक वुद्धि भएको पाईन्छ । कालाबजारी,तस्करी र कृतिम अभाव गराई जनजीवनलाई अस्तव्यस्त बनाउने खेलले नेपालमा प्रसय पाएको छ । यसलाई नियन्त्रण गर्ने सरकारी निकायहरु एकातिर कमिशनको चक्करमा रुमालिएको पाईन्छ भने अर्को तर्फ यी निकायहरु मुकदर्शक र सुस्त अवस्थामा रहेको पाईन्छ । महामारी र यस्तो विषम परिस्थितीमा व्यापारी तथा राज्यका निकायहरुबाट कमाउने खेलो र दौडधुपले हामीलाई दुःखी तुल्याएको छ ।
धेरै वर्षमा देखिने यस्ता महामारी र असहज परिस्थिको सहज व्यवस्थापनका लागि राज्यका निकायहरु तिव्ररुपमा खटिनु पर्दछ । स्थानीय सरकारले आफूसँग भएको सिमित स्रोत र साधन र यसको अभावमा केहि गर्न खोजेको देखिन्छ तर केन्द्र र प्रदेश तिर हेर्दा यस्तो बेलामा पनि सरकार टिकाउने र सरकार प्राप्तिमा दौडधपु गरेको देख्दा नेपालीको मनलाई दुखाएको छ । अभिभावक विहिन बनाएको छ । राज्यसँग स्रोत र साधन छैन, हामी गरीब देश भनेर चित्त बुझाउने अवस्था पनि छैन । राज्यका निकायले गरेका फजुल खर्चका शिर्षक सुन्दा र देख्दा हाम्रो मनले चित्त बुझाउँदो रहेन्छ । उच्च मनोवलका साथ आवश्यक सुरक्षा र अन्य मेडिकल सामग्रीको व्यवस्थापनका साथमा स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीको परिचालन गर्नु पर्ने बेला यी सबै पक्षको अभावमा आफ्नो कर्तव्य पुरा गर्न मनिल र हतोत्साहित मनिस्थितिमा सेवामा खटिएको पाईन्छ । अर्को तर्फ दैनिक मजदुरीमा जीवीको पार्जन गर्ने समूह भोक भोकै मर्ने हो की भन्ने पिरले दैनिकी गुजारेको पाईन्छ । सरकारको तर्फबाट राहतको कार्यक्रम ल्याउँदा तिनै लक्षित समूहले पाउने गरी ल्याउनु जरुरी देखिन्छ । विगतमा जस्तो पहँुचवाला,राजनितिक दलका आसेपासे र राहतै आवश्यक नपर्नेले पाउनु हुँदैन ।
स्वास्थ्यविज्ञले यो भयावहको स्थिति सातांै चरणसम्म देखिने आकलन गरिसकेका छन् तर हामी समस्या कम हुने वित्तिकै सबै विर्सने बानीको अब अन्त गरी यसको पूर्व व्यवस्थापनमा लाग्नु जरुरी देखिन्छ । स्रोत र साधनको मितव्ययी व्यवस्थापनमा लागौ । स्रोत र साधनले नपुग्ने अवस्था आएमा विकास बजेट कटौती गरेर महामारी नियन्त्रणमा लगाऔं । जनताको जीवन भन्दा ठूलो विकास हुँदैन । प्रचारमा र सस्तो लोकप्रियताका लागि कार्य नगरौं । यस्ता महामारीमा आउने विभिन्न अप्ठ्यारो परिस्थिको आँकलन गरी पूर्व तयारी र समस्याको समाधानतर्फ राज्यका निकायहरु लाग्नु जरुरी देखिन्छ । यता आइरहने असहज स्थितिमा एकातिर जनताको दैनिकी कष्टकर नहोस् र अर्को तर्फ रोग र भोकले जनता मर्न नपरोस् । राज्यका सम्पूर्ण निकाय तथा संस्थाहरु चुस्त र तिव्ररुपमा रुपमा परिचालन हुन । सरकारी कार्यमा कुनै पनि किसिमको विभेद जनताले सामाना गर्न नपरोस् । जिम्मेवार राजनितिक दलहरुको ध्यान परिस्थितिको मूल्याकंन गरी जनताको दैनिकी सहज बनाउनेतर्फ लागोस् । सम्पूर्ण विकृतीको अन्तः भै विधिको शासन स्थापना गर्ने वातावरण यो महामारीले सिकाओस् । आगामी दिनमा निराशाजनक हैन उत्साहजनक शव्दहरु लेख्ने पाईयोस् यही आशा गरौं । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)