Shittalpati
विकासको आवश्यकता

मुलुकमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर भएपनि यातायातको पहुँचको अभावले पर्याप्त मात्रामा पर्यटकहरु गन्तव्यमा पुर्‍याउन नसक्दा पर्यटकीय स्थलहरु ओझेलमा परेको अवस्था छ । औषधोपचार र बजार व्यवस्थापनको लागि सडक सञ्जाल पहिलो आवश्यकता हो । आजको २१ औं शताब्दीमा पनि हाम्रो मुलुकका सबै जिल्लामा यातायातको साधन भित्रने सडक सुविधा पुगेको छैन । रेलमार्ग बनाउन सडक बनाउन भन्दा धेरै गुणा खर्च लाग्ने भएकाले सडक निर्माणमा नै जोडदिनु हाम्रो क्षमता अनुसार उपयुक्त देखिन्छ । सम्रग देशको विकासका लागि सडक, खानेपानी, लगायतका विकासका पूर्वाधारहरुको पूर्ण रुपमा विकास हुनुपर्दछ भन्ने सर्वव्यापी मान्यता रहिआएको छ । यद्यपी विकासको न्यूनतम पूर्वाधार सडक विकासलाई प्राथमिकतामा नराख्दा नेपाली सडक दक्षिण एसियामा नै कमजोर देखिएको छ ।

मुलुकको विकास सडक र यातायातको विकासले मापन गर्ने हुनाले सडक र यातायात बलियो भएमात्र देशको अर्थतन्त्र मजबुत हुन्छ । विकासका हरेक पक्षहरु जस्तै कृषिमा तरकारी खेती, पशुपालन, फलफूल खेती आदि विकासको लागि सडक विकास पहिलो अनिवार्य शर्त हो । जलविद्युत विकास गर्न परियोजनासम्म मानिस र सामान ढुवानी गर्न पनि सडककै आवश्यकता भएकाले विकसित यातायात नै अर्थतन्त्रको विकासको अपरिहार्य माध्यम मान्न सकिन्छ । नेपालको भौगोलिक संरचनाको कारणले गर्दा सडक निर्माण चुनौतीपूर्ण भन्ने गरिन्छ तर नेपालको जस्तो भौगोलिक संरचना भएको राष्ट्रहरुमा पनि यातायात संरचनाको राम्रो विकास भएको छ । बनेका सडकहरु पनि गुणस्तरीय नभएकाले सडक दुर्घटना बढिरहेकाले सडकको गुणस्तरीय सुधारमा विशेष ध्यान दिनु आवश्यक छ । अनिमात्र कुरा भएअनुसारको विकास सम्भव हुनसक्छ, तर सडक यातायात मात्रैले पनि सम्पूर्ण आवश्यकता परिपूर्ति नहुनाले अन्य पूर्वाधारहरुलाई पनि महत्व दिनुपर्ने हुन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update