काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिला तर्फको वरियतामा नेपाल ९९ औं स्थानमा यथावत रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१ औं स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।
यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५ औं, बङ्गलादेश १३४ औं, श्रीलड्ढा १४० औं, माल्दिभ्स १४२ औं तथा भुटान १५४ औं स्थानमा रहेका छन् । विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १० औं स्थानमा रहेका छन् । -रासस