Shittalpati
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : ६ जनाको मृत्यु, तीन घाइते

गुल्मी, जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मी – २ अर्बेनी दभौखानीमा जिप  दुर्घटना भएको छ । आज दिउँसो बा ०२२० नम्वर महेन्द्र पिक जिप दुर्घटना भएको हो ।  

दुर्घटनामा परी  ६ जनाको मृत्यु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जानकारी दिए  । उनका अनुसार पाँच जनाको  घटनास्थलमै  र एक जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको  हो ।  दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घटनाको विस्तृत  विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update