Shittalpati
१६ औं वर्षको यात्रामा आनन्द सहकारी, बन्दै प्रविधिमैत्री

पाल्पा, तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १६ औं वर्षको यात्रा तय गरेको छ । ‘क्रमिक बचत गर्ने बानी बसालौं, बोट नमासी मिठो फल खाऔं’ भन्ने नारालाई आत्मसाथ गरी समृद्धिको दिशामा अब्वल बन्दै आएको सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रम गर्दै १६ औं वार्षिक साधारण सभा मनाएको हो ।

सहकारीले  १६ वर्षको यात्रामा आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि आनन्दले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको हो । सहकारीले आफ्नो सेवालाई अहिले प्रविधिमैत्री बनाउदै लगेको छ ।  उसले आफ्नै मोबाइल तथा एसएमएस बैंकिङ सञ्चालनमा ल्याएको छ । 

संस्थाको साधारण सभाको अवसरमा अध्यक्ष सरोजलाल शाक्यले सहकारीको सेवा प्रविधिमैत्री बनाउने उद्देश्यले श्री आनन्द आइ स्मार्ट एप सञ्चालनमा ल्याइएको बताए । उनले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै मोवाइल तथा एस.एम.एस बैंकिङ सेवामार्फ शेयर सदस्यहरुले सहजै सेवा पाउँदै आएको उल्लेख गरे । 

शाक्यले भने, “अब संस्थामा सेयर सदस्य हुने सेयरधनीले घरबाटै आफ्नो वित्तीय कारोबारको सजिलै जानकारी लिन सक्नेछन् । सेयर सदस्य र वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउन मोबाइल एप सञ्चालनमा ल्याएका हौं ।” प्रयोगकर्ताले एप्लिकेसनमार्फत अन्तरबैंकिङ रकम ट्रान्सफर, वालेट टपअप, खानेपानी, बिजुली, स्कुल फि, नेट, हवाई टिकटलगायत सेवाको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अध्यक्ष शाक्यले बताए । सहकारीले सञ्चालनमा ल्याएका प्रविधि प्रयोगमा शेयर सदस्य पनि अभ्यस्त हुँदै छन् । त्यस्तै, कार्यालय धाउनुपर्ने, लाइन बसेर रकम लिनु÷दिनुपर्ने झन्झट अन्त्य हुनुका साथै सरकारको डिजिटलाइजेसन लक्ष्यमा समेत टेवा पुगेको छ । सहकारीले महिलाहरुलाई उद्यम सञ्चालनका लागि समेत प्रोत्साहन गरेको छ । 

साधारण सभाको अवसरमा बोल्ने अधिकांस वक्ताहरुले समेत सहकारीले आफ्नो सेवालाई समय सापेक्षा प्रविधिमैत्री बनाउँदै लगेकोमा प्रशंसा गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामचन्द्र रायमाझीले सहकारीले छोटो समयमा आफ्नो सेवालाई प्रविधिमैत्री बनाउदै लगेकोमा खुसी व्यक्त गरे । उनले भने“ मैले विगतका साधारण सभाहरुमा सहकारीहरुको सेवालाई प्रविधिमैत्री बनाउदै लैजान आवश्यक रहेको सुझाव दिएको थिए । त्यही सुझावलाई आनन्द सहकारीले कार्यान्वयन गरेर लगेकोमा धन्यवाद दिन चाहन्छु ।” उनले अन्य सहकारीहरुले पनि आनन्दबाट सिक्नुपर्ने बताए ।  शेयर सदस्य पुष्करराज रेग्मीले पनि एस.एम.एस  बैंकि· सेवा सञ्चालन गरेकोमा सहकारीको प्रशंसा गरे ।

कार्यक्रममा  संस्थाका सल्लाहकारहरु सर्जुलाल ब्रजाचार्य, छत्रराज शाक्य,डा.पुरनमान बज्राचार्य, चित्रवलीराम सुवाल, शेयर सदस्यहरु यादवराज शर्मा, कृतिका बज्राचार्य लगायतले सहकारीले छोटो समयमै समृद्धिको दिशामा फड्को मार्न सफल भएको बताए ।  उनीहरुले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिवद्धता र पारदर्शी हुनुपर्नेमा जोड दिए । सल्लाहकारहरुले सहकारीहरु अब एक जुट भएर अगाडि बढ्ने बेला आएको धारणा व्यक्त गरे । कार्यक्रममा सचिव विनय राज बज्राचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनिषलाल बज्राचार्यले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण बहादुर बज्राचार्यले लेखा प्रतिवेदन, ऋण उपसमितिको संयोजक तथा उपाध्यक्ष रत्नमान बज्राचार्यले ऋण उपसमिातिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।   सहकारीले सोही अवसरमा विगतका वर्षमा जस्तै यस वर्ष पनि जेष्ठ नागरिक, असल बचतकर्ता, एसईईमा उत्कृष्ट अंक ल्यार्ई उत्र्तिण हुने विद्यार्थीहरुलाई सम्मान गरेको थियो । 

संस्थाका अध्यक्ष सरोज लाल शाक्यले सभाको उद्घाट गरेका हुन् । सभामा पेश भएका प्रस्तावहरु  सर्वसम्मवत रुपमा पारित गरेको संस्थाका प्रवन्धक प्रकाश शर्माले जानकारी दिए ।  संस्थाका अध्यक्ष सरोज लाल शाक्यको अध्यक्षता, उपाध्यक्ष रत्नमान बज्राचार्यको धन्यवाद ज्ञापन, सह–सचिव अनुराधा बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update