पाल्पा, परिवारका सदस्यहरूसहित काठमाडौँबाट सडकमार्ग हुँदै शुक्रबार पोखरा आएका प्रधानमन्त्री बालेन साह शनिबार मुस्ताङ जाने विषय अहिले अत्यन्तै चर्चामा छ । प्रधानमन्त्री वालेनशाहको मुस्ताङ भ्रमणलाई दिएर अहिले विभिन्न खालका क्रिया प्रतिक्रियाहरु अगाडि आएका छन् । भन्दा पारिवारिक भनिएता पनि यो भ्रमणको उद्देश्य बारे धेरैले विभिन्न अडकलवाजी गरिरहेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको पोखरावास हुने पारिवारिक श्रोतले एनजेडीलाई जानकारी दिएको छ । भ्रमणको सिलसिलामा मुस्ताङ जाने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह परिवार सहित शुक्रबार अपराह्न पोखरा पुग्नासाथ रास्वपा कार्यकर्ताहरुले उनलाई भेट्न लर्को लागेको थियो । पोखरामा उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामा रहेको अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास वसेका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रा·त बरालले भ्रमण नितान्त पारिवारिक भएको जानकारी दिए । उनले भने “प्रधानमन्त्रीको अन्य कुनै पनि औपचारिक कार्यक्रम नरहेको र भ्रमणलाई लक्षित गरेर जिल्लाको सुरक्षा व्यवस्था पूर्ण रूपमा चुस्त पारिएको छ । ”
प्रधानमन्त्री शाहले यात्राको क्रममा बाटो बाटोमा विकासको योजना र खानेपानी, शिक्षण संस्थाहरुको अवस्था बारे जानकारी लिदै आएको श्रोतको दावा छ । स्थानीय वासिन्दाका अनुसार गाउँमा सडक र खानेपानीको समस्या रहेकाले प्रधानमन्त्रीकै उपस्थितिबाट ती समस्याहरू सम्बोधन हुने कुरामा विश्वस्त छौं ।


