पाल्पा, देशका विभिन्न स्थानबाट अबैध लागूऔषध सहित २६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तनहुँ, उदयपुर, कैलाली, ललितपुर, झापा, धनुषा, बर्दिया, मोरङ, कास्की लगायतका जिल्लाबाट अबैध लागूऔषध सहित २६ जना पक्राउ परेका हुन् ।
उदयपुरको कटारी नगरपालिका–३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६१ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय सलम खान समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै तनहुँको ब्यास नगरपालिका–९ माझफाँट बस्ने ३० वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै कास्कीको पोखरा महानगरपालिका–१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका–१९ लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने २१ वर्षीय लुकास तामाङले सोही महानगरपालिका–२५ हेम्जास्थित डेरा कोठामा लागूऔषध राखेको भन्ने खुल्न आए पश्चात उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ८ सय ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रसान्त मगरलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङको लेटाङ नगरपालिका–३ विरनटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–५ बस्ने २० वर्षीय क्रिस बम समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित सोही गाउँपालिका–४ बस्ने २४ वर्षीय निमेस घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोल बस्ने ४१ वर्षीय मोहन गुरूङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोहनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ३ सय ४९ ग्राम ३ सय ६० मिलिग्राम सहित बढैयाताल गाउँपालिका–२ बस्ने ५२ वर्षीय दिवे सुनारलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका–८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय उमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापाको बिर्तामोड नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने ४० वर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र.१–०१–००२ ह ७८६६ नम्बरको सिटि सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै ललितपुरको ललितपुर महानगरपालिका–२९ हरीसिद्दी गुमथचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र अवैध लागूऔषध पोलेन ४ ग्राम सहित सोही ठाउँ बस्ने महोत्तरी बर्दिबास नगरपालिका–२ घर भएका २५ वर्षीय सुरज तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरीसिद्दीबाट खटिएको प्रहरीले ना.३३ प ६४५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–३ ईमाडोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ सय १० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने बाजुरा घर भएका २९ वर्षीय खगेन्द्र बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


