Shittalpati
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु 

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देहीको ओमसतिया गाउँपालिका–१ लखन चोकस्थित सडकमा रोकी राखेको लु.२ ख २८७६ नम्बरको ट्रकमा बुटवलबाट भैरहवातर्फ आउँदै गरेको लु.५६ प ९०९७ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकस्थित सडकमा महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र –०३–००१ ख २७२८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै झापाको कन्काई नगरपालिका–७ दुर्गापुर बजारस्थित सडकमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्री अर्जुनधारा नगरपालिका–९ बस्ने ५० वर्षीया मिरा देवी गौतमको मृत्यु भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update