Shittalpati
रम्भाका १५ स्मार्ट आमाहरु सम्मानित

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका भित्रका १५ स्मार्ट आमाहरु सम्मानित भएका छन् । पालिकाले निर्धारण गरेका विभिन्न सूचकको आधारमा छनोट भएका ५ वटा वडाका १५ जना आमाहरुलाई सम्मान गरेको हो ।

स्वस्थ आमा, स्वस्थ बच्चा सहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियान अन्तर्गत उनीहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । आमाहरुलाई पालिकाले  दोषल्ला ओढ्याएर,नगद १० हजार रुपैयाँ र स्वास्थ्य सामाग्रीबाट सम्मान गरेको हो । सुनौलो  हजार दिनका आमाहरुबिच प्रतिष्प्रर्धा गराएर  विभिन्न २२ वटा स्वास्थ्य सूचकको आधारमा, प्रति सूचक ५ अंकका दरले ११० अंक ल्याउने आमालाई स्मार्ट आमा घोषणा गरी गाउँपालिकाले सम्मान  गरिएको जनाएको छ । स्वास्थ्य संस्थामा अनिवार्य प्रसुती भएको, गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड शुरु गरेको ३ महिना पछि जुकाको औषधी खाएको, कम्तीमा ४ पटक गर्भ जाँच गरेको, टी.डी खोप लगाएको, गर्भवती र सुत्केरी अवधीमा २२५ वटा आईरन र क्यालसियम खाएको, बच्चाको जन्मतौल २.५ केजी भन्दा माथी भएको, पिनसी जाँच ३ पटक गरेको, सुत्केरी पछि बच्चालाई पूर्णरुपमा स्तनपान गराएको र समयमै अन्य खानपान शुरु गरेको, प्रोटोकल अनुसार बच्चालाई पूर्ण खोप लगाएको, सूचक पुरा हुनुपर्दछ । 

यसैगरी प्रत्येक महिना बच्चाको तौल तथा उचाई नापजाँच गरेको, बालभिटा खुवाएको, बच्चालाई नियमित रुपमा भिटामिन र जुकाको औषधी खुवाएको, बच्चा जन्मिएपछि हालसम्म कार्ड रुजु गरेको, आमा र बच्चाको सरसफाई नियमित रुपमा भएको, गर्भान्तर कम्तिमा २ बर्षको रहेको, आमा र बच्चा कुपोषित नभएको, धुम्रपान र मध्यपान नगर्ने आमा, बच्चाको जन्मदर्ता गरेको, महिनावरी स्वच्छता सम्वन्धी ज्ञान भएको जस्ता २२ वटा स्वास्थ्य सूचकहरु पुरा गर्ने आमाहरु स्माट आमाको रुपमा सम्मानित भएका हुन् । गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विर बहादुर पुन, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्याल लगायतले  टिकामाला, दोषल्ला लगाई स्माट आमाहरुलाई सम्मान गरे । गर्भ रहेदेखी बच्चा २ बर्षको उम्मेर हुँदा सम्मको २०८१ साल फागुन १ गते देखी २०८२ साल फागुन मसान्त सम्म १ हजार दिन पुरा भएका आमाहरुको २२ वटा स्वास्थ्य सूचकहरुको वडा वडाका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वयसेविकाका परिक्षण गरी ११० अंक ल्याएका मध्येमा प्रथम, द्धितिय र तृतिय स्थान ल्याएका स्मार्ट आमाहरुलाई पालिकाले उच्च मुल्याङ्कन गरी सम्मान गरेको हो । सम्मानित हुने स्मार्ट आमाहरुमा वडा नंं १ बाट ३३ जना आमाहरु मध्ये, बोलकुमारी थापा, सरस्वती घर्ती, हेमा राना वडा नंं २ बाट १७ जना आमाहरु मध्ये, सावित्रा सुनारी, धनिमाया सिंजाली, हेमा राना, वडा नंं ३ बाट ४८ जना आमाहरु मध्ये उमा सारु थापा, सिता कुमारी भुल, टिका कुमारी झेडी, वडा नंं ४ बाट २० आमाहरु मध्ये मनिषा मश्रा· र वडा नंं ५ बाट २० आमाहरु मध्ये यस्मिता केम्छाकी, निरमायाँ सिंजाली र केशरी सारु रहेका छन् । पालिकाबाट १३८ जना आमाहरु प्रतिष्पर्धामा सहभागी भएपनि १५ जना स्मार्टआमाहरु सम्मानित भएका हुन् । गाउँपालिकाले २०८७ साल जेठ मसान्तसम्म रम्भा गाउँपालिकालाई पोषणमैत्री स्थानीय शासन कार्यान्वयन भएको गाउँपालिका घोषणा गर्ने गरप् तयारी  अगाडि बढाएको छ । पोषणमैत्री गाउँपालिका घोषणा हुनको लागि स्वास्थ्य, महिला तथा बालवालिका, शिक्षा, खानेपानी, सरसफाई र  स्वच्छता, कृषि, पशुपंक्षी र शासकीय स्वचछता गरी ७ वटा क्षेत्रबाट ५१ वटा सूचकहरु पुरा हुनुपर्ने प्रावधान रहेका छ । पालिकाको स्वास्थ्य शाखाले पोषण सम्वन्धी  चालु आर्थिक बर्षमा  भएका कामहरु कार्यक्रममा जानकारी गराएको छ । कम तौल भएका एक वटा पनि बच्चा नजन्मिएको, ६ महिना देखी ५ बर्ष सम्मका ७२४ जना बालबालिकाको स्वास्थ्य परिक्षणमा ८ जना मध्यम कुपोषित र १ जना कडा कुपोषित मात्र भेटिएको, पालिकाको सबै विद्यालयमा १० बर्ष देखी १९ बर्ष सम्मका ४३५ जना किशोरीहरुको रक्तअल्पता परिक्षण गरेको जसमा २६ जना मोडेरट र ५६ जना मिल्ड लक्षण देखिएको, ४२६ जना आमाहरुलाई तरकारी विऊ विजन वितरण गरेको, १७३ जना गर्भवती महिलाहरुलाई पानी शुद्धिकरण गर्ने स्टिल फिल्टर वितरण गरेको, वडा नंं १ हुँगी र वडा नंं ३ पिपलडाँडा स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा गरिएको, बालबालिकाहरुलाई पोषण स्वास्थ्य समस्या समाधानको लागि ४ वटा ओटिसी उपचार केन्द्र सञ्चालनमा आएको पालिका स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्यालले जानकारी गराए ।
 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update