Shittalpati
पाल्पामा उच्च सुरक्षा सतर्कता :  नमुना मतदान  र सुरक्षा अभ्यास

पाल्पा, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई  लक्षित गरी पा पाल्पामा उच्च सर्तकता अपनाईको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नमुना मतदान र मतदान केन्द्रको सुरक्षा अभ्यास गराउँदै यहाँ उच्च सुरक्षा सर्तकता अपनाइएको हो ।

निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यहाँ सुरक्षामा खटिने सुरक्षाकर्मीलाई नमुना अभ्यास गराइएको छ । निर्वाचन एकीकृत सुरक्षा समिति पाल्पाले मतदानको दिन आइपर्ने चुनौतीलाई मध्यनजर गर्दै तानसेनमा एक विशेष नमुना मतदान तथा सुरक्षा  रणनीति अभ्यास गराएको गरेको छ । निर्वाचनमा खटिने निर्वाचन प्रहरी सहित राज्यका ३ वटै सुरक्षा निकायहरु निर्वाचनको माहोललाई शान्तीपुर्ण बनाउन दिनरात खटिएका छन् । मतदान स्थलमा हुने सुरक्षा चुनौती अभ्यासका क्रममा कुनै समूहले नियम विपरित जवरजस्ती मतदानस्थल कब्जा गर्न खोज्दा उत्पन्न हुने तनावलाई एकिकृत निर्वाचन सुरक्षाकर्मीले व्यबस्थापन गरी समाधानको नमुना अभ्यास तानसेनस्थित टुँडिखेलमा देखाईएको हो । प्रर्दशनमा मतदान स्थलको पहिलो घेरामा रहेको नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र अन्त्यमा नेपाली सेनाको समन्वय र मतदान अधिकृतको सहजीकरणबाट समस्या समाधान उपाय देखाइएको थियो । निर्वाचनको दिन हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी नेपाली सेना दि फेमस महिन्द्र दल गणको अगुवाईमा एकिकृत सुरक्षा चुनौती सहितको नमुना मतदान समेत गराईको छ । निर्वाचनको सुरक्षामा नेपाली सेना तेस्रो घेरामा रहन्छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासले मात्र स्थिति नियन्त्रणमा आएन भने एकीकृत सुरक्षा योजना अन्तर्गत सेना मतदान स्थलमै परिचालन हुन्छ । नमुना अभ्यासमा  रणनीतिक सुरक्षा र वार्ता मार्फत रोकिएको  मतदान सुचारु गर्ने भन्ने सफल परीक्षण गरिएको दि फेमस महेन्द्र दल गण पाल्पाका प्रमुख सेनानी शान्त कुमार थापाले बताए । निर्वाचनको पहिलो र मुख्य सुरक्षा घेरामा नेपाल प्रहरी, निर्वाचन प्रहरी खटिन्छन् । 

मतदान स्थलमा उत्तेजित भिडलाई रोक्ने, सम्झाउने बुझाउने देखी  आवश्यक परे अन्य सुरक्षा निकायको सहयोग लिई मतदान स्थल र मतदाताको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी खटिएको हुन्छ । तानसेनमा भएको सुरक्षा चुनौती नमुना अभ्यासले फिल्डमा खटिने प्रहरीको मनोबल बढाएको, समन्वय र आपसी सहकार्यमा स्मरण गराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जीयार थारुले बताए ।  पाल्पामा  कुनै पनि प्रकारका  निर्वाचन विरोधी सुरक्षा क्रियाकलाप  र सुरक्षा चुनौतीलाई निस्तेज पार्न सक्षम छौँ भन्ने गरी जनतामा शान्ती सुरक्षाको प्रत्याभुती दिएको  प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुवँरले बताईन् । नमुना मतदानमा स्थानीयवासीको पनि सक्रिय सहभागीता रहेको थियो । जेष्ठ नागरिकदेखी, महिला तथा पहिलो पटक मतदानमा सहभागी मतदाताहरुले समेत नमुना मतदान गरे । सहभागी स्थानीय बासिन्दाहरूले यस अभ्यासबाट मतदान गर्ने सही तरिका र सुरक्षा व्यवस्थाबारे स्पष्ट जानकारी पाएको स्थानीय मतदाता पुरुषोत्तम गैरेले बताए । नमुना मतदानमा सहभागी सर्वसाधारणलाई  साँच्चै नै मतदानको दिन फागुन २१ गते नै आए जस्तो भएको थियो ।  मतपत्र कसरी लिने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने अनि मतपत्रलाई नबिग्रने गरी कसरी पट्याउने भन्ने कुरा प्रष्टसँग सिकेको नमुना मतदानमा सहभागी मखनमाया  गुभाजु बज्राचार्यले  बताईन् । 


 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update