आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्तिसामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । विशेष गरी युवा युवतीहरूमा यसको बढी लगावहुने गर्दछ । प्रेम दिवस आफैमा एक महत्वपूर्ण दिन हो । युवा युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिनका रुपमा यो दिवसलाई लिइन्छ । आफूले मन पराएकोकेटा वा केटीलाई प्रेम प्रस्ताव राख्न, प्रेम सम्बन्ध स्थापित भएका प्रेमी प्रेमिकाको प्रेमअझ दरिलो र सुदृढ पार्न यस दिनले ठूलो भूमिका खेल्ने विश्वास पछिल्लोयुवा पुस्तामा रहेको छ ।
पछिल्लो समय नेपालमा यो दिवस मनाउनेको संख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । प्रेम सम्बन्धलाई अझ कसिलो, विश्वसनीय रपरिपक्व बनाउने, प्रेम सम्बन्ध कसिलो भइसकेकाहरुले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणतगर्ने, दाम्पत्य जीवन बिताइ रहेकाले दाम्पत्य जीवनयात्रालाई अझ सुखमय, आनन्दमय रदिर्घायु बनाउने र विदुर विदुषीहरुले आफ्ना दिवंगत जीवनसाथीको सम्झना गर्दै मृतआत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण सूवर्ण अवसरकारुपमा सदुपयोग गर्ने गरेको पाइन्छ । तर अचेल सबैमा प्रेम सहज र सस्तो भएको छ प्रेमलाईअहिलेका युवाहरूले टाइमपास गर्ने माध्यम बनाएका छन् । मन लागेका बेला प्रेमको नाटक रच्यो नलाग्दा त्यसैलाई बलिको बोका बनाउने गर्न थालिएको छ । तर यसो हुनु गलत हो । साँचो प्रेममा त्याग हुन्छ, विश्वास हुन्छ । माया प्रेमले जीवनलाई नै रंगीन बनाउँछ,जीवनका गोरेटोहरूको पाइला चाल्न सहज बनाउँछ । एक अर्काबीचको माया प्रेमले जीवनकायोजना र हरेक क्षेत्रका सफलताका लागि बाटो खुल्छ । युवा पुस्तामा बढेको गलतअभिप्रायको प्रेम लहरको परिणाम गलत हुन्छ । त्यसैले प्रेमलाई सकारात्मक रुपमा लिनआवश्यक छ । यसर्थ दिवसलाई देखाउनका लागिहैन माया, सद्भावका रुपमा बनाऔं । प्रयण दिवसको सबैमा शुभकामना ।

