Shittalpati
काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो : गगन थापा 

काठमाडौं, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले  नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।

उनले काँग्रेस दास र लासहरूको पार्टी नभएको भन्दै जीउँदो मानिसहरूको पार्टी दावी गरे । उनले भने “हो प्रश्नहरू मरेको छैन। यहाँ कुनै बा छैन, जसले नबोल भन्छ । हामी बोल्न छोड्दैनौ ं। यहाँ हामी सबै बराबर छौं,” उनले भने । नेता थापाले जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न नसक्ने बताए । महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनावभन्दा पनि अहिले  व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताए । “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ,” उनले भने ।
 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update