Shittalpati
लागू पदार्थ नियन्त्रणमा गम्भीर बनौं

विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ  दिवस हरेक वर्ष जुन २६ तारिखमा मनाईन्छ, विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस’ आज मनाइदै छ । यो दिवसको अत्यान्तै ठुलो महत्व छ । केवल एक प्रतिकात्मक स्मरण होइन, यो एक गहिरो चिन्तन हो—समाज, राष्ट्र र मानव अस्तित्व माथिको एक अदृश्य संकट प्रति लागू पदार्थको दुरुपयोग र यसको अवैध कारोबारले लाखौं युवाको जीवन तहस–नहस बरिहेको  वर्तमान सन्दर्भमा दिवसको महत्व बढेको हो । यसको चेतनाका लागि विद्यालयका पाठ्यक्रमदेखि सामाजिक व्यवहारसम्म समावेश हुनुपर्छ । पुनःस्थापनाका कार्यक्रमहरूमा सहानुभूति र व्यवहारिक सहयोग आवश्यक छ । 

लागू पदार्थको दुरुपयोगविरुद्धको लडाइँमा हाम्रा साना प्रयासहरू नै ठूला परिवर्तनका आधार बन्न सक्छन् । लागू औषधको दुरुपयोगले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र नैतिक जगलाई कमजोर बनाउँछ । किशोर–किशोरी र युवावर्ग यसको सर्वाधिक जोखिममा छन् । एकपटक लागूपदार्थको कुलतमा फसेपछि मानिसलाई उहिल्यैको जीवनमा फर्किन कठिन हुन्छ । अवश्य, राज्यले कानून निर्माणदेखि सुरक्षात्मक अभियान, पुनस्र्थापना केन्द्रदेखि जनचेतनामूलक कार्यक्रमसम्म विभिन्न प्रयास गर्दै आएको छ । तर यस्ता प्रयासहरू एक्लै राज्यको दायित्व मात्र होइन, समाजका सबै तह—अभिभावक, शिक्षक, संचार माध्यम, युवा स्वयं, सामुदायिक संस्था तथा निजी क्षेत्रको सहभागितामा मात्र परिणाममुखी हुन सक्छन् ।  यसले शिक्षा, रोजगारी, सम्बन्ध र आत्मविश्वास सबै तहमा प्रभावपार्छ ।  परिवार मात्र होइन, समुदाय र राष्ट्र नै त्यसको चपेटामा पर्छ । अर्कोतर्फ, लागू पदार्थको अवैध तस्करी एउटा अन्तर्राष्ट्रिय संगठित अपराध हो, जसमा अरबौँ डलरको कारोबार लुकेको हुन्छ । यसले भ्रष्टाचार, हिंसा, अपराध र राज्य सत्तामाथि समेत प्रश्न खडा गर्ने खतरा बोकेको छ । नेपालमा यसको अपवाद होइन—भूगोलका कारण नेपाल ‘ट्रान्जिट प्वाइन्ट’ बन्ने जोखिममा छ । दिवसले हामीलाई फेरि स्मरण गराउँछ—लागू पदार्थ नियन्त्रण केवल उपचारको कुरा होइन, रोकथामको संस्कृति विकास गर्नुपर्ने बेला हो । आजको चेतना, भोलिको सुरक्षा हो । यस दिवसको सन्देशलाई केवल औपचारिकतामा सीमित नराखौँ, जागृत समाज निर्माणमा परिणत गरौँ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update