Shittalpati
सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन्

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए ।

“उनले सभापतिलाई नै राजीनामा दिएकी हुन्,”  तर श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् । रास्वपाले केन्द्रीय समिति बैठक आज (बिहीबार) का लागि बोलाएको छ । लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ । “पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन,” श्रेष्ठ निकट स्रोतले भन्यो, “पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन । बोली र व्यवहारमा एकरुपता ल्याउनैपर्छ भनेर उनले राजीनामा दिएकी हुन् ।”

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update