२०३३ सालमा नेपाली काँग्रेसका नेता वि.पी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई आज सम्म राष्ट्रिय मेलमिलापको दिवसको रुपमा काँग्रेसले मनाउँदै आएको छ । जननिर्वाचित सरकारलाई राज महेन्द्रले अपदस्त गरेपछि वि.पी कोइरालालाई तीन महिनासम्म सिंह दरबार भित्र नजर बन्दका रुपमा राखियो । तीन महिनापछि उनलाई सुन्दरीजल कारागार सारियो । २०२५ सालमा क्यान्सर रोगले ग्रसित वि.पीलाई भारतमा उपचार गर्नका लागि भन्दै छोडियो । भारतमा उपचार गर्ने, राजा महेन्द्रको साशन पद्धतिका विरुद्धमा भारतबाट आन्दोलन गर्ने उद्देश्यले त्यसतर्फ लागेको हो । तत्कालीन अवस्थामा दक्षिण एसियामा देखिएको राजनैतिक संक्रमणका कारण नेपालमा त्यसले राष्ट्रियता माथि नै उत्पन्न गराउने गहिरो संकटबाट मुलुकलाई जोगाउनका लागि भनेर फासीको सजायको कुनै प्रवाह नगरी राष्ट्रियताको सवालमा राजनैतिक दल र राजा एकै ठाउँमा हुनु पर्दछ भनि राजनैतिक दल र राजाले मिलेर राष्ट्रियता जोगाउन राष्ट्रिय एकता तथा मेलमिलाप गर्नु पर्दछ भनेर वि.पी भारतबाट नेपाल आएको दिन हो आज ।
आजको दिनलाई विगतदेखि नै नेपाली कांग्रेसले ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । आज कांग्रेसले एकाध ठाउँमा भाव र लयशून्य मेलमिलापको गीत पनि गाउनेछ । मेलमिलाप दिवसको महत्वको कथा वाचन गरिनेछ र केही नेताले यसको खुबै महिमामण्डन गर्नेछन् । तर, यी सबै हिजो गिरिजा बाबुले एमालेसहितका कम्युनिस्टलाई मिलाएर सात दलको गठबन्धन बनाउनु मेलमिलाप नीतिकै तहमा गरिएको हो । भारतीय नेतालाई साक्षी राखेर दिल्लीमा सशस्त्र विद्रोही माओवादीसँग गरिएको १२ बुँदे समझदारी पनि बिपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलाप नीतिकै अधीनमा गरिएको हो भन्दै महिमा गाए भने आश्चर्य मान्नुपर्ने छैन । बिपीले मेलमिलापको प्रस्ताव कम्युनिस्ट वा अन्य कुनै दलसँग गरेका थिएनन् । त्यो प्रस्ताव राजा वा राजसंस्थासँग नै थियो । बिपी कम्युनिष्टहरू राष्ट्रवादी नहुने र प्रजातन्त्रवादी पनि नहुने भएकाले उनीहरूसँग मिलेर प्रजातन्त्रको लडाइँ लड्ने मान्यतामा कहिल्यै थिएनन् ।
प्रजातन्त्रको सवालमा राजासँग संघर्ष गर्दै बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गरी राष्ट्र बचाउन र बलियो बनाउन, राष्ट्रियताको मूल्यमै राजसंस्थासँग एकता र मेलमिलापको प्रस्ताव गरेका थिए । बिपीले भनेका छन्, ‘राजासँगको जो हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौँ । एउटा परिधि बनाऔँ । त्यस परिधिभित्र त्यस संघर्ष, विवाद र झगडालाई सीमित राखौँ । बाहिरको खतरालाई हामीले ध्यान दिऊँ । मलाई पहिले बाहिरको खतराको ध्यान हुँदैनथ्यो, तर अहिले त मलाई त्यसको धेरै अनुभव भएको छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वमा थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।’ बिपी अगाडि भन्छन्, ‘राजा महेन्द्रले बुझेनन्’ आफ्नो राजतन्त्रको जरा खने । बरु म माटो भर्न थालेको छु, राजतन्त्रको जरामा ।’ राजसंस्थाबाट सबैभन्दा बढी प्रताडित बिपीले राष्ट्र र राष्ट्रियताको मूल्यमा राजसंस्था अपरिहार्य ठाने । तर, अर्का नेताले पहिलो राष्ट्रपति बन्ने लोभमा बिपीका यी अडान र मूल्यलाई झर्लामझुर्लुम पारे । त्यसको मूल्य आज देश र कांग्रेस चुकाउँदै छ । अझ कति चुकाउनुपर्ने हो, त्यसको कुनै ठेगान छैन । वि.पीद्धारा प्रतिपादित सिद्धान्त र दर्शनलाई आत्मसाथ गर्ने काँग्रेसका कार्यकर्तालाई यो दिवस मनाइँ रहँदा लाज पनि लाग्नुपर्ने हो तर काँग्रेसका नेता तथा कार्यकर्तालाई लाज छैन । वि.पी कोइरालाको राष्ट्र र राष्ट्रियता र आफ्नो पार्टी तथा संगठन प्रति त्याग समर्पण थियो । हो उनैले स्थापना गरेका दलका नेताको आजको अवस्थालाई राम्रोसँग नियाल्दा पुराना कार्यकर्तालाई काँग्रेसको कार्यकर्ता हँु भन्न लाज लाग्ने अवस्था आएका कारण वि.पीसंग राजनैतिकमा होमिएका र वि.पीलाई नजिकबाट नियालेका कार्यकर्ता यतीखेर शु शुप्त अवस्थामा रहेका छन् । यस्तो किन भयो भन्ने विषयमा तल देखि माथि सम्मका नेताले जान्ने र बुझ्ने चेष्टा कहिल्यै गरेनन् ।
वि.पी कालिन समयको काँग्रेसको संगठित गतिविधी चुस्त दुरुस्त थियो आफुसँग फरक मत राख्ने पार्टी भित्रका समकक्षीको पनि राम्रोसँग कुरा सुन्ने र स–सम्मान रुपमा सांगठित जिम्वेबारी दिने गर्दथिए । अहिलेका नेतृत्वले भित्तामा पु¥याउने गरी किनारा लगाउने काम हुँदैन थियो । कुनै कार्यकर्ता, नेता तथा नेतृत्वले गल्ती तथा कमजोरी भएको खण्डमा गल्तीलाई सच्याउन बोलाएर भन्ने पनि गर्द थिए । अहिलेका नेतृत्वले जस्तो गलत गर्नेलाई पनि पुरस्कृत गर्ने परिपाटी थिएन । वि.पीको समयमा भएका काँग्रेस र अहिलेका काँग्रेसको मनोस्थिती ज्यादै फरक देखिन्छ ।
अनुशानको समय पनि थियो फेरि मेलमिलाप पनि थियो । त्यसै राष्ट्रियता पनि कमजोर थिएन । हुन त वामपन्थीसँग राष्ट्रियता भन्ने शब्दवली नै नहँुदो रहेछ । उनीहरुले यही सवालमा भन्ने गर्दछन् । वि.पीले राजासँग घाटी जोडे । त्यो किन हो भन्ने सवालमा बुझन् खोजेनन् । खोज्दा पनि खोज्दैनन् । राष्ट्रियताको सवालमा वि.पीेले कही कतै कुनैसँग गलत सम्झौता गरेनन् । तत्कालीन समयमा भारतका समकक्षी संग कडा रुपमा प्रस्तुत भएका कारणले पनि २०१७ सालमा महेन्द्रको क्रियाकलाप प्रती भारतको समर्थन भयो । भारतले महेन्द्रको प्रजातन्त्रको (कु) को बिरोध नै भएन । चिनसँगको सम्बन्ध पनि त्यस्तै भयो । भारत सदैव वि.पी संग त्रास नै थियो कारण राष्टियताको नै थियो र ?
भारतसँग वि.पीले गण्डक संझौता गरेको भनेर दरवारीया र कम्युनिष्टले बार बार भन्ने गर्दछन् । त्यो चाही होइन । दरवारीया गुप्रले नै हो । त्यस्ता त्यस्ता गलत संझौतामा वि.पी कहिल्यै नलागेको र औला उठाउन नदिने हुन् । काला पानी , लिपुलेक जस्ता अतिक्रमित भूमी वि.पीको कार्यकालमा भएको भए समकक्षीसँग तत्कालीन वार्ता गरेर समाधान गर्न सक्ने क्षमता थियो । अहिलेको जस्तो होइन । सबैको कुरा सुन्ने र बुभ्mने वि.पी राष्ट्र र राष्ट्रियाता र संगठन निर्माणमा बेग्लै पहिचान बनाउन सफल व्यक्ति नै हुन । पार्टीमा पनि सबैको अस्तित्व कायम राखिदिने सबैको बिचार सुन्ने हो । त्यसैले वर्तमान समयमा वि.पीका अनुयायी राजनैतीमा क्रियाशिल भए जस्तो लाग्दैन । वि.पीको आदर्शलाई स्वीकार गरेका व्यक्ति र व्यक्तित्व अहिले पार्टीको कुनै पनि भूमिकामा छैनन् । त्यसैले मेलमिलाप भन्ने नै छैन । संगठनमा मेल मिलाप भन्ने नै नभए पछि काँग्रेसले ब्यानर राखेर त्यो दिवस मनाउन व्यर्थ छ जस्तो लाग्दछ । वि.पीद्वारा प्रतिपादित सिद्धान्त दर्शन अनि पार्टी भजाएर पार्टीको नाममा गुट बनाउने, मुलुक र जनतालाई दोहन गर्ने काम मात्र भएका कारणले गर्दा व्यर्थमा दिवस मनाउन लागेको छ जस्तो लाग्दछ । अहिलेका काँग्रेस वि.पीका नाम मात्र हो । दर्शन सिद्धान्त सबै मेटाइसकेको अवस्थामा नाम लिन पनि व्यर्थ हो जस्तो लाग्दछ ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)