नवजनचेतना राष्ट्रिय दैनिक २०८० पुस २६ गते बिहीबार
बिहीबार, पुस २६, २०८०
मुक्तिनाथ सहकारीको दशौं साधारण सभा
आइतबार, पुस २२, २०८०
मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाले १० औं वार्षिक साधारण सभा गरेको छ । साधारणसभाको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गरेका हुन् ।
देशभर चिसो बढ्यो
शनिबार, पुस २१, २०८०
छिल्ला दिनमा तापक्रम निरन्तर घट्दा पाल्पा सहित देशभर चिसो बढेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण चिसो बढेको हो । तराई तिर बिहानीपख हुस्सु लाग्ने दिउँसो पारिलो घाम लाग्ने गरेको छ ।
हृदय रोग रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह
शनिबार, पुस २१, २०८०
नेपाल हृदय रोग रोग निवारण प्रतिष्ठान पालपाको साधारण सभा तथा अधिवेशन भएको छ । प्रतिष्ठानको चौथौं साधारण सभा तथा अधिवेशन तानसेनमा भएको हो ।
विद्युत क्षेत्रमा देखिएको आस
शनिबार, पुस २१, २०८०
नेपाल र भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत निर्यातको ढोका खुलेको छ । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा सम्झौता भए बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै...
गुुल्मीमा नमूना ‘संसद्’
शुक्रबार, पुस २०, २०८०
रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, प्रधानमन्त्री सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा शिक्षक, विद्यार्थी र खचाखच अभिभावक थिए ।
आज ‘पुसे पन्ध्र’ र ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आइतबार, पुस १५, २०८०
आज ‘पुसे पन्ध्र’ र तमु ल्होसार पर्व धुमधामका साथ मनाइँदैछ । विशेष गरी मगर समुदायसँगै अन्य जातिले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउन लागेका हुन् । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउन जोड
शनिबार, पुस १४, २०८०
शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउनुपर्नेमा जोड दिइएको छ । बालबालिकाको सिकाइ उपलब्धिमा प्रभावकारी र राम्रो बनाउन शिक्षण सिकाइ माध्यमको भाषालाई बहुभाषिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत
शनिबार, पुस १४, २०८०
ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
किसानका समस्या समाधान गर
शनिबार, पुस १४, २०८०
नेपालका पहाडी भू–भागहरु बाँझिने क्रम जारी छ । विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिको लर्कोका कारण हाम्रो कृषि उत्पादनमा कमी आएको हो । कृषि प्रधान देश भनेर चिनिने हाम्रा तराईहरु कतै बस्ती विकासका नामले गर्दा बाँझिनुपर्ने बाध्यता श्रृजना भएको अवस्था छ ।
यामाहाको नयाँ मोडेल बजारमा
बुधबार, पुस ११, २०८०
नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहाको नयाँ मोडेलको स्कुटर रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड नेपाली बजारमा ल्याएको छ । कम्पनीले ‘मेट कपर’ र ‘स्पार्कल ग्रिन’ रङहरूमा ‘मोटरसाइकल–स्कुटर’ इभोलुसनको अवधारणासँग मेल खाने नयाँ मोडेल बजारमा ल्याएको हो ।


