Shittalpati
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
तानसेनमा ‘वृत्ति विकास तथा रोजगार’ मेला हुँदै
तानसेनमा ‘वृत्ति विकास तथा रोजगार’ मेला हुँदै जिल्लाको तानसेन नगर सरकारले रोजगारी सिर्जना गर्ने उद्देश्यले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । नगर सरकारले नगर भित्रका नागरिकहरुसँग जोस, जागर, ज्ञान सीप भएर पनि बेरोजगार बस्नुु परेको अवस्थालाई मध्यनजर गर्दै रोजगार मेलामो आयोजना गरेको हो ।
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुरमा बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला जिल्लाको कालीगण्डकी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । पालिका भित्रका प्रावि, निमावि र माविमा अध्यापन गराउने शिक्षकहरुका लागि पालिकाले दुई दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरूसमेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि पाल्पासहित देशभर भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । पाल्पाको तानसेन, बुटवल, काठमाडौंको माइतीघर, कास्कीको पोखरालगायतका स्थानमा भ्रष्टाचारविरोधी प्रदर्शन भइरहेका छन् ।
श्रीनगर यातायात सहकारीको अधिवेशन, अध्यक्षमा ढुुंगाना
श्रीनगर यातायात सहकारीको अधिवेशन, अध्यक्षमा ढुुंगाना श्रीनगर यातायात सहकारी संस्था तानसेनको प्रारम्भिक साधारण सभा तथा अधिवेशन भएको छ । सहकारीको बुधबार साधारण सभा तथा अधिवेशन भएको हो ।
रामपुरमा महिन्द्राको शोरुम
रामपुरमा महिन्द्राको शोरुम जिल्लाको रामपुरमा महिन्द्रा गाडीको शोरुम सञ्चालनमा ल्याइएको छ । ३२ औँ शोरुम रुपमा रामपुरमा सेवा सञ्चालनमा ल्याइएको हो । रामपुर अटो भिलेजका सञ्चालक गणेश प्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा महिन्द्रा कम्पनीको शोरुम सञ्चालनमा ल्याएका हुन् ।
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण नेपाल प्रेस युनियन पाल्पा शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । तानसेनस्थित कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममाा निवर्तमान अध्यक्ष भरत शार्मले नवनिर्वाचित अध्यक्ष मन गहिरेलाई युनियनको विधान दिएर पद हस्तान्तरण गरेका हुन् ।
बेवारिसे शव पहिचान हुन सकेन
बेवारिसे शव पहिचान हुन सकेन गत वैशाख १५ गते जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित फुलफुले सामुदायिक जंगलमा बेवारिसे अवस्थामा भेटिएको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । शव सडेगलेको र मृतका आफ्न्ता अहिलेसम्म पनि सम्पर्कमा नआएकाले पहिचान हुन नसकेको हो ।
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनको भाडा घटाएको छ । डिजेलको मूल्य घटेकाले गाडी भाडामा पनि समायोजन गरिएको विभागले जनाएको छ ।
सार्वजनिक यातायातको भाडा घट्यो
सार्वजनिक यातायातको भाडा घट्यो यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।
Weather Update