काठमाडौं(एजेन्सी) । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’अभियान र ‘गो’ पहल अन्तर्गत ब्रेभ बोल्ड एण्ड ब्युटीफुल प्रालिसँग सहकार्य गरेको छ । कम्पनीले ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको हो । महिला सशक्तिकरण प्रवद्र्धधन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने उद्देश्य रहेको एनसेलले जनाएको छ । एमयूएनएक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पु¥याउने विश्वासका साथ काम गरिरहेको छ । यस सहकार्य अन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आवद्घ भएको छ । एनसेलले हालै मात्र महिलाका लागि ‘अघि बढौं’ भन्ने थिमका साथ विशेष रुपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो । एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो । नेपालमै पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भई अगाडि बढिरहेको एमयूएनको पनि यही दर्शन छ ।
एनसेलले पुस ११ गते यही सहकार्य अन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर)को अन्तक्र्रिया पनि आयोजना गरेको थियो । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन् । ताजसँगै विजयीले २५ लाख बराबरको पुरस्कार पाउने छन् । आकर्षक नगद पुरस्कारका साथै आयोजकहरूले विजयीलाई विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी गराउने छन् । महिलालाई लक्ष्यसम्म पु¥याउन थप सहयोग र प्रोत्साहन गर्दै सशक्तिकरणका लागि यस कार्यक्रम मार्फत आवद्घ हुनपाएकोमा निकै हर्ष लागेको एनसेलले जनाएको छ ।