गुल्मी,राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि गुल्मीमा पनि कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भईरहेको छ । कार्यालय स्थानपनासँगै जिल्ला जनगणना समन्वय समितिको बैठक समेत बसेको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए ।
राष्ट्रिय जनगणनाका २०७८ का लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको छ । जिल्लामा जनगणनाका लागि १०१ जना सुपरिवेक्षक र ४३४ जना गणक परिचालन हुने जिल्ला जनगणना अधिकारी पोखरेलले बताए । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ भएको । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ । आवेदनका लागि चैत ११ गतेसम्म आवेदन दिने समय अबधी तोकिएको सहायक जिल्ला जनगणना अधिकारी रामचन्द्र वाग्लेले बताए । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्ण लेआवेदन दिन पाउनेछन् । गणकले तथ्गाङ्क संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्ने छन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने छन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने वाग्लेले बताए ।


