वन्यजन्तु संरक्षणमा ध्यान दिऊ
बिहीबार, फागुन २०, २०७७
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी
बुधबार, फागुन १९, २०७७
सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन तयारी थालिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै त्यस्ता संरचना हटाउन अन्तिम तयारी थालेको हो ।
लुम्बिनी प्रदेशका मानव अधिकारकर्मी पाल्पामा
बुधबार, फागुन १९, २०७७
पाल्पाको तानसेनमा लुम्बिनी प्रदेशका मानव अधिकारकर्मीको भेला भएको छ । नेपाल मानव अधिकार संगठनको प्रदेश परिषद् बैठकमा सहभागी हुन लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाबाट मानव अधिकारकर्मी पाल्पा आएका हुन् । संविधानमा उल्लेख भएका मानव अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले बुधबार नेपाल मानव अधिकार संगठन लुम्बिनी प्रदेशको आयोजन, संगठन पाल्पाको आतिथ्यतामा प्रदेश परिषद्...
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
बुधबार, फागुन १९, २०७७
सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ...
पर्यटक आगमनमा झिनो सुधार
बुधबार, फागुन १९, २०७७
सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक संख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् ।
आज विश्व वन्यजन्तु दिवस मनाइदैं
बुधबार, फागुन १९, २०७७
विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुख बिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण सम्वद्र्धनका लागि आज विश्व वन्यजन्तु दिवस मनाइदैं छ । हरेक वर्ष मार्च ३ तारिख तथा आजका दिन विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै...
टेम्पोमा पनि मेगा बैंकको क्यूआरकोड
बुधबार, फागुन १९, २०७७
मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा पनि क्यू आर कोड सेवाको व्यवस्था गरेको छ । बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको हो । देशभर सञ्चालित टेम्पोमा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
गुल्मीमा माविस्तरको फुटबल प्रतियोगिता हुँदै
मंगलबार, फागुन १८, २०७७
गुल्मीमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको चिदीचौर खेल मैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, फागुन १८, २०७७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा...
मृत्युको कारण बन्दै ‘विलासी जीवन’
मंगलबार, फागुन १८, २०७७
कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो । गाउँगाउँमा पखाला महामारीको प्रकोप हुन्थ्यो । गाउँमै हजारौँको एकै पटक मृत्यु भएको समाचार आउँथे । आउँ, हैजा, टाइफाइड, टिभी, कुष्ठ, कमलपित्तलगायत सरुवा रोगबाट मर्ने मानिसको सङ्ख्या उल्लेख्य रहेको...
दुर्घटनामा दुईको मृत्यु
मंगलबार, फागुन १८, २०७७
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो ।
द्वन्द्व प्रभावित परिवारले अझै न्याय पाएनन्
मंगलबार, फागुन १८, २०७७
तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् । लामो समयसम्म...
शान्ति सुरक्षा कायम गर्न गुल्मी काँग्रेसको आग्रह
मंगलबार, फागुन १८, २०७७
पछिल्लो समय जिल्लामा हत्या, हिंसाका गतिविधिहरु बढ्दै गएपछि नेपाली काँग्रेस गुल्मीले चासो देखएको छ । काँग्रेसले जिल्लामा दिनहुँ हत्या, हिंसा र बलात्कारका घटनाहरुमा बृद्धि हुँदै जाँदा आम नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको भन्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


