Shittalpati
एनसेलको ‘सहयात्री सिम’
एनसेलको ‘सहयात्री सिम’ एनसेल आजियाटा लिमिटेडले ‘सहयात्री सिम’ योजना ल्याएको छ । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी यो योजन ल्याएको हो । उक्त योजनामा स्टार्टर प्याकमा बण्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा रहेका छन् । यो योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार विकास र समृद्धिलाई राजनीतिक स्थायित्वसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक स्थायित्वबिना विकास र समृद्धि सम्भव हुँदैन । विगतका राजनीतिक अस्थिरतालाई विकास र समृद्धिको प्रमुख बाधकका रूपमा बुझिँदै अहिलेको अवस्थासम्म आइपुगेको छ । कहिले राणाशासनलाई विकास र समृद्धिको बाधक ठानियो त कहिले शाहवंशीय राजतन्त्रलाई । यी दुवै खाले शासनशैली समाप्त भई...
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित रामपुर नगर सरकारले आठौँ नगर सभाबाट तीन विधेयक र एक नियमावली पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को योजना संशोधन प्रस्ताव सहित स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, भवन निर्माण विधेयक २०७७, प्राकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ पारित गरेको हो ।
खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन
खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । १ करोड ३८ लाख लागतमा निर्माण भएको बर्थिङ सेन्टर सहितको भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
पाल्पामा पनि ३९ औं मगर दिवस हर्सोल्लासका साथ मनाइयो
पाल्पामा पनि ३९ औं मगर दिवस हर्सोल्लासका साथ मनाइयो पाल्पा लगायत देशभर मगर समुदायले शनिबार हर्साेल्लासका साथ ३९औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् । पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् ।
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’ लुम्बिनी प्रदेशका सांसद नारायण आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि बालसंगठनलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल बाल संगठन पाल्पाको १२ औ अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् आचार्यले यस्तो बताएका हुन् । उनले बालवालिकाको शिक्षा, पोषण, अधिकार देखी उनीहरुको मौलिक अधिकार संरक्षणका लागि बालसंघठनलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल गुल्मीमा रहेको मदन भण्डारी राजमार्ग क्षेत्रमा दुर्घटना रोक्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । उक्त राजमार्गको कालोपत्रे गरिएको दुर्घटना हुने जोखिम क्षेत्रमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वाल निर्माण कार्य अगाडि बढेको छ । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे...
विद्युतीय भुक्तानीमा नागरिकको पहुँच बढाइने
विद्युतीय भुक्तानीमा नागरिकको पहुँच बढाइने बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको अवधारणा अनुसार सबै टोल विकास संस्थालाई विद्युतीय भुक्तानीका बारेमा नयाँ सिकाइ शुरु गरेको छ । यहाँ रहेका करीब ४ सय टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई विद्युतीय भुक्तानी सहितको मोबाइल एप र नयाँ प्रविधिका बारेमा प्रशिक्षित गरिएको छ । यसबाट सूचना प्रविधिमा नागरिकको पहुँच बढ्न जाने...
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनले कसजुलाई अध्यक्षमा निर्वाचित गरेको हो । शुक्रबार विहान सम्पन्न मतगणनाको परिणाम अनुसार उनले प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १ सय ७९ मतले पराजित गरेका हुन् ।
Weather Update