नारी दिवसको सार्थकता
सोमबार, फागुन २४, २०७७
३ लाख ४८ हजार डोज खोप आइपुग्यो
आइतबार, फागुन २३, २०७७
नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको ३ लाख ४८ हजार डोजको खोप आइपुगेको छ । आइतबार टर्किस एयरलाइन्सको विमानमार्फत खोप नेपाल ल्याइएको हो ।
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि
आइतबार, फागुन २३, २०७७
वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चापागाईंलाई ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !
आइतबार, फागुन २३, २०७७
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता विवादको छिनोफानो सुनाएसँगै ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो ।
आफ्नैबाट असुरक्षा
आइतबार, फागुन २३, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको आफ्नै माइला ससुरा पर्नेबाटै हत्या भएको छ । ४७ वर्षीय लालबहादुर खत्रीले आफ्नै बुहारी पर्ने सम्झनालाई हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । सम्झना गत माघ २९ मा बेपत्ता भएकी थिइन् । फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको...
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट
आइतबार, फागुन २३, २०७७
कोरोना विरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते (आज)देखि जिल्लामा ७१ स्थानबाट खोप लगाइदै छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेका अनुसार दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई आजदेखि खोप लगाउन थालिएको हो ।
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’
आइतबार, फागुन २३, २०७७
किसानले दूध सडकमा फाले । किसानले टमाटर सरकारी कार्यालय अगाडि फाले । कृषि उत्पादनको बजारीकरण भएन । कृषि उत्पादनले मूल्य पाएन । भारतीय उत्पादनको आयातको कारण नेपाली उत्पादनले बजार पाउन सकेन इत्यादी शिर्षका समाचार बारम्बार हामीले सुन्दै÷पढ्दै आएका छौ । किन नेपालमा यस्तो भै रहेको होला ?
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
शनिबार, फागुन २२, २०७७
तानसेन नगरपालिका १० तेल्घामा रहेको बालकन्या भगवती आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनिले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरिदिएको हो ।
पाल्पाली साहित्यकार रेग्मीका दुई कृति काठमाडौंमा विमोचन
शनिबार, फागुन २२, २०७७
पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका दुई कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित ‘अमर पात्र’ र ‘अर्पण’ कृति शनिबार एक भव्य समारोहका बिच विमोचन गरिएको हो । पाल्पा साहित्य समाज र पाल्पाली संगम, साहित्य विभाग काठमाडौंको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा कृति विमोचन गरिएको छ ।
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे
शनिबार, फागुन २२, २०७७
पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज र र्याली प्रतियोगिता गरिएको छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्याली प्रतियोगिता गरेको हो ।
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते
शनिबार, फागुन २२, २०७७
बिहेको दाईजो छाडेर फर्कदै गरेको जिप पाल्पाको निस्दी गाउँपालिका २ विरकोटमा दुर्घटना भएको छ । शनिबार विहान पोखरीछाँप नजिकै भित्रि कच्चि सडक खण्डमा बिरकोटमा बिहेको दाईजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको लु १ ज १७६२ नं.को जिप दुर्घटना भएको हो ।
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै
शनिबार, फागुन २२, २०७७
जिल्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गतेबाट जिल्लाका १२ वटा स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानी प्रसाद शर्माले बताए । फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिकालाई दोस्रो चरण अन्र्तगतको पहिलो खोप लगाउने...
पाल्पामा शनिबार यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना गरिदैं
शुक्रबार, फागुन २१, २०७७
पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना हुँदै छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्याली आयोजना गर्न लागेको हो ।


