कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल
बुधबार, वैशाख २२, २०७८
बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण
बुधबार, वैशाख २२, २०७८
पछिल्लो समय जिल्लामा समुदायस्तरमै कोरोना संक्रमणको प्रकोप फैलिदै गएको छ । जिल्लाका ग्रामीण बस्तीस्तरमै कोरोनाको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाको एक सिङगो बस्तीमा कोरोनाको प्रकोप फैलिएको पाइएको छ ।
पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने
बुधबार, वैशाख २२, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल पत्रकार महासंघ पाल्पा शाखाको भवनमा आइसोलेसन बनाईने भएको छ । महासंघको बुधबार भुर्चअल प्रविधिबाट बसेको दोस्रो बैंठकले महासंघको तानसेनस्थित मेहल्धारामा रहेको भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।
आईपीएल स्थगित
बुधबार, वैशाख २२, २०७८
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो । बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी...
श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण
बुधबार, वैशाख २२, २०७८
सरकारले साउन १ गतेदेखि कार्यान्वयन हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । पारिश्रमिक निर्धारणसँगै अब श्रमिकले १५ हजार पाउने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै श्रमिकको तलब वृद्धि गरेको हो । यससँगै अब श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७...
संक्रमित बढ्दै गएपछि बुटवलमा अक्सिजन बैंक स्थापना
बुधबार, वैशाख २२, २०७८
बुटवल उप महानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वास प्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन सहितको सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो ।
गुल्मीमा भूकम्पपछिको पुनर्निर्माण: तीन हजार बिस जनाले मात्रै पाए अन्तिम किस्ता
बुधबार, वैशाख २२, २०७८
शक्तिशाली भूकम्प गएको ६ वर्ष बित्दा गुल्मीमा ३ हजार २० जनाले मात्रै अन्तिम किस्ता पाएका छन् । जिल्लामा ५ हजार २९ लाभग्राही मध्ये ४ हजार ५ सय ६८ जनाले मात्रै पुनर्निर्माणको सम्झौता गरेका थिए । जसमध्ये ३ हजार २० जनाले मात्रै तेस्रो अर्थात् अन्तिम किस्ता पाएका हुन् ।
खोपको गति बढाऊ
बुधबार, वैशाख २२, २०७८
नेपालमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि विभिन्न दातृ राष्ट्रहरुले नेपालाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउदै आएका छन् । प्रारम्भिक चरणमा सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप ‘कोभिसिल्ड’ भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएपछि खोप अभियान सुरु भएको हो ।
गुल्मीमा पीसीआर गरेका सबैमा कोरोना
मंगलबार, वैशाख २१, २०७८
गुल्मीमा पनि कोरोना सक्रमणको दर बढ्दै गएको छ । मंगलबार मात्र जिल्लामा पीसीआर परीक्षण गरेका सबैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा पीसीआर परीक्षण गरिएकोमा १ सय १७ जनामै संक्रमण पुष्टि भएको हो ।
एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने
मंगलबार, वैशाख २१, २०७८
नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने...
लुम्बिनी सभागृहको काम अन्तिम चरणमा
मंगलबार, वैशाख २१, २०७८
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करिब सकिएको कोषले बताएको छ ।
चीनबाट २० हजार सिलिन्डर आउँदै
मंगलबार, वैशाख २१, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव...


