Shittalpati
पाल्पामा जेठ ४ गतेसम्म निषेधाज्ञा थपियो
पाल्पामा जेठ ४ गतेसम्म निषेधाज्ञा थपियो कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
तानसेनमा सेनाले निर्माण गरेको निशान भगवती मन्दिरको प्रधानसेनापतिद्वारा उद्घाटन
तानसेनमा सेनाले निर्माण गरेको निशान भगवती मन्दिरको प्रधानसेनापतिद्वारा उद्घाटन जिल्लाको सदरमुकामा तानसेनमा नेपाली सेनाले निर्माण गरेको पाल्पाको निशान भगवती मन्दिरको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कोरोना महामारीका बिच भौतिक दुरी कायम गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले विहीबार उद्घाटन गरेका हुन् ।
पाल्पामा विहीबार थपिए १ सय २५ नयाँ संक्रमित,एकको मृत्यु
पाल्पामा विहीबार थपिए १ सय २५ नयाँ संक्रमित,एकको मृत्यु जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा विहीबार पीसीआर विधिबाट गरिएको परीक्षणमा ७९ र एन्टिजेन विधिबाट ४६ जना गरी १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ । अहिले दिउँसो ३ बजे बैंठक बस्न लागेको हो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ गराएका हुन् ।
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमितलाई लक्षित गरी १५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा संक्रमितहरुको संख्या बढ्दै गए पछि गाउँपालिकाले माथागढी ४ देवगिरमा अस्पताल सञ्चालन गरेको हो ।
दायित्वबोध गरौं
दायित्वबोध गरौं
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु जिल्लाको रम्भा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार राती रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको हो ।
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना जितेका छन् । बुधबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ जना महिला र ५५ जना पुरुषले कोरोना जितेका हुन् ।
Weather Update