यमपञ्चक सुरु, आज धनतेरस
मंगलबार, कात्तिक १३, २०८१
एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश
सोमबार, कात्तिक १२, २०८१
नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले दिएको जग्गामा कुनै पनि संरचना नबनाउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उक्त विषयमा परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
विकासमा राजनीति नगरौं : सांसद भण्डारी
सोमबार, कात्तिक १२, २०८१
गुल्मी क्षेत्र नं.१ का सांसद तथा नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले विकास योजनामा राजनीति नगर्न आग्रह गरेका छन् । आइतबार गुल्मी क्षेत्र नं. १ का विभिन्न ठाउँमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले मुलुकको परिवर्तनका लागि विकास निर्माणमा भइरहेका अनावश्यक राजनीतिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु
आइतबार, कात्तिक ११, २०८१
नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट क्रियाशिल बनाई पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।
काँग्रेस नेता भण्डारीद्वारा गुल्मी सत्यवतीमा मोटरेवल पुलको शिलान्यास
आइतबार, कात्तिक ११, २०८१
गुल्मी क्षेत्र नं. १ का सांसद तथा काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । भण्डारीले आइतबार विधिवत पूूजा गर्दै पुलको शिलान्यास गरेका हुन् । डहरे खोलामा मोटरेवल पुलको शिलान्यास भएसँगै पुल नहुँदा लामो समयदेखि सास्ति भोगी रहेका यस क्षेत्रका...
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २४ औं वार्षिक साधारण सभा
शनिबार, कात्तिक १०, २०८१
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमबिच साधारण सभा मनाएको हो ।
पाल्पा, गुल्मीसहित १७ जिल्लाका सीडीओ फेरिए
शुक्रबार, कात्तिक ९, २०८१
गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित २७ जना सहसचिव र उपसचिवको सरूवा गरेको छ । गृहले पाल्पा, गुल्मी,रूपन्देही, पर्सा, महोत्तरी, सप्तरी, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।
पाल्पामा पोलियो दिवस : रोटरी क्लवले निकाल्यो सचेतनामूलक र्याली
बिहीबार, कात्तिक ८, २०८१
पाल्पामा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व पोलियो दिवस मनाइएको छ । रोटरी क्लव पाल्पा तानसेनको आयोजनामा विहीबार विभिन्न संघ संस्था र व्यक्तिहरुको उपस्थितिमा सचेतनामूलक वृहत्त र् याली निकाली पोलियो दिवस मनाइएको हो ।
रवि र छविलाई थप सात दिन हिरासतमा राख्न अनुमति
बिहीबार, कात्तिक ८, २०८१
सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई विहिबार थप ७ दिन हिरासतमा अदालतले प्रहरीलाई...
गुल्मीमा अवैध घरेलु मदिरा र कच्चा पदार्थ नष्ट
बुधबार, कात्तिक ७, २०८१
जिल्लामा अवैध घरेलुु मदिरा र कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले ८ सय १७ लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो ।
नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी छ : काँग्रेस नेता श्रेष्ठ
मंगलबार, कात्तिक ६, २०८१
नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी रहेको बताएका छन् ।
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन
मंगलबार, कात्तिक ६, २०८१
रुपन्देहीमा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहेका बेला सहकारी पीडितहरू भने बचत फिर्ता र रकम अपचलन गर्नेलाई कारवाहीको माग गर्दै सरकारी वकिल कार्यालय नजिकै प्रदर्शनमा उत्रिएका हुन् ।


