रामपुर नगर सरकारले सञ्चालन गर्यो निःशुल्क लोकसेवा कक्षा
बुधबार, मंसिर १२, २०८१
लगानीको वातावरण नहुँदासम्म देश विकास हुँदैन : सांसद राना
बुधबार, मंसिर १२, २०८१
लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री वीरबहादुर रानाले लगानीको वातावरण नहुँदासम्म देशको समृद्धि हुन नसक्ने बताएका छन् । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवस समारोहलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले लगानीको वातावरण नहुँदासम्म देशको विकास र समृद्धि हुन नसक्ने बताएका हुन् ।
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री ओली
मंगलबार, मंसिर ११, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिई सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढ·ले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए । हरेक नागरिक सचेत हुनुपर्दछ...
यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको गरियो बिदाइ
मंगलबार, मंसिर ११, २०८१
मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू–१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
ह्वात्तै घट्यो सुनको मूल्य, एकैदिन १६ हजारले कमी
मंगलबार, मंसिर ११, २०८१
नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै करिब १६ हजारले घटेको हो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा छुट
मंगलबार, मंसिर ११, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट दिइने भएको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंक र अस्पतालबिच सम्झौता भएसँगै छुट पाउने भएका हुन् ।
सवारी दुर्घटनामा नौं जनाको अकालमै गयो ज्यान
सोमबार, मंसिर १०, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पशचिम, दाङ, बर्दिया, चितवन, बारा, मोरङ, सप्तरी र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौं जनाको ज्यान गएको हो ।
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो
सोमबार, मंसिर १०, २०८१
नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
सहकारी ठगी प्रकरण : रविमाथि अनुसन्धान गर्न फेरी म्याद थप
आइतबार, मंसिर ९, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले फेरी म्याद थप गरेको छ । लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदालतले प्रहरीलाई अनुमति दिएको हो ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
देशका विभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दैलेख, सिन्धुली, सर्लाही र धनुषामा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो ।
किसानलाई धान भित्र्याउने चटारो
आइतबार, मंसिर ९, २०८१
यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । कतिपयले भने मंसिर अघि नै धान थन्क्याइसकेका छन् ।
सहकारी ठगी प्रकरण : रविविरुद्ध धमाधम पक्राउ पुर्जी
शनिबार, मंसिर ८, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान
शुक्रबार, मंसिर ७, २०८१
पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।


