नवजनचेतना राष्ट्रिय दैनिक २०७८ जेठ २० गते बिहीबार
बिहीबार, जेठ २०, २०७८
स्वास्थ्य सामग्री लिएर कारागार पुगिन् महिला नेतृ पन्थी
बुधबार, जेठ १९, २०७८
नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष,महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थी स्वास्थ्य सामग्री लिएर पाल्पा कारागार पुगेकी छन् । कोरोना संक्रमणका बेला जिल्लाका संक्रमितहरुलाई स्वास्थ्य सुरक्षा र पौष्टिक आहार सहयोग गर्दै आएकी पन्थी बुधबार स्वास्थ्य सुरक्षा सामग्री लिएर कारागार पुगेकी हुन् ।
खोप किन्न अनुमति माग्दै माथागढी सरकार
बुधबार, जेठ १९, २०७८
सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि जिल्लाको माथागढी गाउँ सरकारले खोप खरिद गर्ने योजना अगाडि बढाएको छ ।
पाल्पामा संक्रमित घट्दै, निको हुने बढ्दै
बुधबार, जेठ १९, २०७८
कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्लो केही दिन यता कोरोना निको हुने संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । वैशाखको पहिलो साता पिसिआर परीक्षण गरेकामध्ये ८० प्रतिशत संक्रमण देखिएको थियो ।
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ
बुधबार, जेठ १९, २०७८
गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –२ पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत
बुधबार, जेठ १९, २०७८
नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरहरुलाई बुधबार खाद्यान्न सामग्री राहत उपलब्ध गराएका छन् । श्रेष्ठले राष्ट्रिय दलित पत्रकार संघले सञ्चालन गरेको कोभिड पीडित मजदुर राहत अभियानमार्फत सदरमुकाम तम्घासमा रहेका अति विपन्न मजदुरहरुलाई राहत उपलब्ध गराएका हुन ।
लुम्बिनी प्रदेशमा स्थानीय सरकारका बजेट प्राथमिकता र विश्लेषण–भाग २
बुधबार, जेठ १९, २०७८
स्थानीय तहहरुले विगत तीन आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति बजेट छुट्टयाएका छन् ? अथात् स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण गरिएको हो । यो विश्लेषणात्मक अध्ययनमा लुम्बिनी प्रदेशका का ८ वटा स्थानीय तहलाई समावेश गरिएको छ ।
बजेट कार्यान्वयनमा ध्यान देऊ
बुधबार, जेठ १९, २०७८
सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरेको छ । अघिल्ला वर्षहरूमा संसदमा प्रस्तुत हुँदै आएको बजेट प्रतिनिधिसभा विघटन भएपछि यसपालि भने अध्यादेशमार्फत ल्याइएको हो । सरकारले अध्यादेशबाटै भए पनि १६ खर्बभन्दा बढीको बजेट ल्याएको छ ।
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
मंगलबार, जेठ १८, २०७८
,नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप नेपाल आइपुगेको छ । दश लाख खोपको मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो ।
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री
मंगलबार, जेठ १८, २०७८
नेपाल पत्रकार महासंघ पाल्पालाई अमेरीकामा रहेका नेपालीहरुको संस्था टेक्सस नेप्लीज मेडिकल एसोसियसनले पठाएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
महिला नेतृ पन्थीद्वारा स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग
मंगलबार, जेठ १८, २०७८
महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी छन् । उनले जिल्लाका स्थानीय तहमा रहेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार थप १ सय ५५ संक्रमित कोरोनामुक्त
मंगलबार, जेठ १८, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ मंगलबार मात्र जिल्लामा १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।


