Shittalpati
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ गराएका हुन् ।
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमितलाई लक्षित गरी १५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा संक्रमितहरुको संख्या बढ्दै गए पछि गाउँपालिकाले माथागढी ४ देवगिरमा अस्पताल सञ्चालन गरेको हो ।
दायित्वबोध गरौं
दायित्वबोध गरौं
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु जिल्लाको रम्भा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार राती रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको हो ।
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना जितेका छन् । बुधबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ जना महिला र ५५ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल
कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ को जोखिम बढ्दै गएकाले सतर्क रहन अपिल गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै जिल्लामा थप कोभिड क्रियाशील भई संक्रमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन अपिल गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद विरबहादुर रानाले विज्ञप्ती जारी गर्दै...
बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण
बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण पछिल्लो समय जिल्लामा समुदायस्तरमै कोरोना संक्रमणको प्रकोप फैलिदै गएको छ । जिल्लाका ग्रामीण बस्तीस्तरमै कोरोनाको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाको एक सिङगो बस्तीमा कोरोनाको प्रकोप फैलिएको पाइएको छ ।
पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने
पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल पत्रकार महासंघ पाल्पा शाखाको भवनमा आइसोलेसन बनाईने भएको छ । महासंघको बुधबार भुर्चअल प्रविधिबाट बसेको दोस्रो बैंठकले महासंघको तानसेनस्थित मेहल्धारामा रहेको भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।
आईपीएल स्थगित
आईपीएल स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो । बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी...
Weather Update