Shittalpati
धनगढी शीर्ष स्थानमा
धनगढी शीर्ष स्थानमा नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
निषेधाज्ञाको सदुपयोग गरौं
निषेधाज्ञाको सदुपयोग गरौं कोभिड–१९ संक्रमण दर ह्वात्तै उच्च भएसँगै सरकारले पाल्पा सहित संक्रमित संख्या बढी देखिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणका कारण घण्टैपिच्छे मृत्यु हुन थालेपछि सरकारले रोकथामको विकल्प रोजेको हो । छिमेकी भारतसँगै नेपालमा पनि महामारीले पुनः आक्रान्त पार्न थालेको छ । गतवर्ष चैत ११ गतेदेखि निषेधाज्ञा (लकडाउन) सुरु...
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु जिल्ला तिनाउँ गाउँपालिका १ कचलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर उचईको घरमा चट्याङ पर्न जाँदा सोही ठाउँका १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।
तानसेनवासीलाई कोरोनाको भन्दा पानीको चिन्ता
तानसेनवासीलाई कोरोनाको भन्दा पानीको चिन्ता तानसेन नगरपालिका ३ भगवतीटोलकी नर्मता सारुले पानी भर्नकै लागि दैनिक तीन÷चार घण्टा खर्चिनु परेको छ । धारामा १४ दिनदेखि खानेपानी नआएपछि उनले निषेधाज्ञा (लकडाउन) पालना गर्न सकेकी छैनन् 
गुल्मीमा चट्याङले घर,गोठमा क्षति
गुल्मीमा चट्याङले घर,गोठमा क्षति जिल्लाको कालिगण्डकी गाउँ पालिका वडा नं.–४,भाङ्खर्क खोत्रोकमा चट्याङ लागेर घर, गोठमा क्षति पुगेको छ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारबाट ७ किलोमिटरको दुरीमा पर्ने भाङ्खर्कमा यस्तो अप्रिय घटना घटेको हो ।
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान देखियो
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान देखियो कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन पाल्पामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । जिल्लाका मुख्य मुख्य शहर र तानसेनका मुख्य सडकमा पनि सुनसान देखियो । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले सम्झाई बुझाई गरेको छ । सँधै व्यस्त रहने तानसेनको बसपार्क, तेस्रो...
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।
रामपुरमा शीतभण्डार सञ्चालनमा
रामपुरमा शीतभण्डार सञ्चालनमा पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’) आज पनि ६.०० बजे उठियो । बिहान कोठामा घामको किरण पसिसकेको थियो । आज त घामले नै मलाई उठाएको हो । घामले बोलाएकोले म घामसँगै गए । बाहिर बसेर करिव पन्ध्र मिनेट घामसँग बसें  । काममा ब्यस्त हुँदा घाम ताप्न छुटेको धेरै भएको थियो ।
Weather Update