संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
आइतबार, वैशाख २६, २०७८
गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
आइतबार, वैशाख २६, २०७८
गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।
संक्रमितको घरमै अक्सिजन पुर्याउदै कालिगण्डकी गाउँ सरकार
आइतबार, वैशाख २६, २०७८
जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।
महामारीमा बेमौसमी राजनीति
आइतबार, वैशाख २६, २०७८
मुलुक अहिले कोरोना महामारीबाट आक्रान्त छ । हजारौंको संख्यामा मानिसहरु संक्रमितसँगै मृत्युको शिखार बनेका छन् । सरकारी फितलो व्यवस्थापनका कारण अहिले कोरोना महामारीले भयावह अवस्था सिर्जना गरेको छ । भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि नेपालमा सरकारले पर्याप्तरूपमा पूर्वतयारी गर्न नसक्दा अहिले यो नियती नेपाली जनताले भोग्नु परिरहेको छ ।
पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने
आइतबार, वैशाख २६, २०७८
नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि आइसोलेसन बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।
विवाहले फैलाउँदै कोरोना
शनिबार, वैशाख २५, २०७८
केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् ।
पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते
शनिबार, वैशाख २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् । शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।
गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने
शनिबार, वैशाख २५, २०७८
नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका आइसोलेसन
शनिबार, वैशाख २५, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’)
शनिबार, वैशाख २५, २०७८
बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि...


